📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
व्यवस्थित र प्रभावकारी शैक्षिक व्यवस्थापनका लागि कावासोतीमा अन्तरक्रिया सम्पन्न नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप
Top Ad

बाह्रदशी र भद्रपुरले निःशुल्क रगत उपलब्ध गराउने

🕒 August 4, 2022

जिल्लाका १५ पालिकामध्ये बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाले पालिकाभित्रका आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएका छन् ।

चालु आर्थिक वर्ष २०७९÷८० का लागि दुवै पालिकाले रगत अभावका कारण विपन्न नागरिकलाई समस्या नहोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी झापासँग निःशुल्क रगत उपलब्ध गराउनका लागि सम्झौता गरिसकेको जनाएका छन् ।

नेरेसो झापा कार्यालयका अधिकृत हरिशरण खड्काले सम्झौता गरिएका पालिकाभित्र रहेका नागरिकमध्ये जोसुकैलाई रगत आवश्यक परेको खण्डमा नेरेसोले सञ्चालन गरेका रक्तसञ्चार केन्द्रबाट निःशुल्क उपलब्ध गराइने जानकारीदिनुभयो ।

उहाँले सम्झौता गरिएको पालिकाका बासिन्दा हो भन्ने विवरण खुलेको कागजात वा पालिकाले सिफारिस गरेको कागजातको आधारमा बिरामीलाई रगत उपलब्ध गराउने बताउनुभयो । सम्झौता गरिएका पालिकाहरुले धरान, विराटनगरसम्मका अस्पतालमा रहेका बिरामीका लागि समेत जिल्लाका पायक पर्ने रक्तसञ्चार केन्द्रबाट रगत लैजाने सक्ने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

गत वर्ष जिल्लाका मेचीनगर नगरपालिका, बाह्रदशी, झापा गाउँपालिकाले नरेसोसँग एक वर्षका लागि निःशुल्क रगत उपलब्ध गराउनका लागि रु पाँच लाखका दरले रकम बुझाएका थिए । यस सेवाबाट सबैभन्दा धेरै मिर्गौलाका रोगीले रगत धेरै प्रयोग गरेको अधिकृत हरिशरण खड्काले जानकारी
दिनुभयो ।

चालु आर्थिक वर्षमा बाह्रदशी गाउँपालिका र भद्रपुर नगरपालिकाले मात्र हालसम्म सम्झौता गरिसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार झापा गाउँपालिकाले समेत पुनः सम्झौताका लागि पहल गरिरहेको छ ।