प्रचण्डको आदेश: केपी ओली र कमल थापा जस्ता गणतन्त्र बिरोधीका स्यालहरुलाई गाँउगाँउबाट लेखेट्नु – News Nepal Media
Trend

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्रवृत्तिलाई परास्त गर्ने बताएका छन् । बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै केपी ओली प्रवृत्ति विरुद्ध लड्ने बताएका हुन् । ‘लड्ने हो, भिड्ने हो, वाईसीएल र क्रान्तिकारी मिलेर टीम बनाउने हो, जाग्ने हो’, उनले उनले । पार्टी क्रान्तिकारी ढंगले चल्ने भन्दै आफूले ल्याएको परिवर्तन जोगाउन शान्तिपूर्ण संघर्ष गर्ने प्रचण्डले बताए । उनले प्रतिक्रियावादीलाई हेप्दा र लड्दा केही फरक नपर्ने भन्दै आफूले केही समय अघि ओलीलाई आगोसँग नखेल्ने भनेको स्मरण गराए । ‘जनविरोधी तत्वलाई तह लगाएर मात्रै चयन हुन्छ’, प्रचण्डले सम्बोधनका क्रममा भने ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिका लागि सानोतिनो सुधारले मात्रै नहुने बताएका छन् ।बिहीबार अखिल क्रान्तिकारीको २२ औ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्ति र रुपान्तरणका लागि ठूलै छलाङ मार्नुपर्ने बताएका हुन् । ‘समाजवादी क्रान्तिको निम्ती एउटा नयाँ रुपान्तरणको निम्ती सानोतिनो सुधारको तरिकाले हुदैन । राम्रै छलाङ हान्नुपर्ने स्थिति छ । विद्यार्थीहरुको यो सम्मेलन त्यो दिशातिर जाने पाइला हुनसक्छ’, प्रचण्डको भनाइ छ । उनले विचारको राजनीतिलाई विकसित गर्दै अघि बढ्नुपर्ने भन्दै उनले क्रान्तिकारीका लागि यो अन्तिम अवसर पनि हुनसक्ने बताए ।

‘हामीले आँट गर्दा, बल गर्दा परिवर्तन सम्भव छ’, प्रचण्डको भनाइ छ । उनले हामी नभएपनि अर्कोले गर्छ भनेर सन्तोष गर्ने स्थिति नभएको भन्दै अरुले गरे प्रतिक्रान्ति गर्ने र देश दुर्घटनामा पर्ने दावी गरे । प्रचण्डले पहिले गलत गर्नेहरुका लागि वाईसीएल आतंक भएको र अहिले प्रतिगमनका पक्षपाती केपी ओली आतंक रहेको बताए । ‘अहिले त केपी ओली आतंक छ । जसले गणतन्त्र रोक्न पहल गर्यो त्यसको पो आतंक छ, के यो अचम्म भयो ?’प्रचण्डको प्रश्न छ ।

उनले कमल थापा आतंक रहेको पनि बताए । ‘कमल थापा आतंक, कहाँबाट कहाँ पुगेकाहरुको आतंक छ । अनि हामीलाई टुक्रा टुक्रा पार्यौ भनेर उनीहरु दंग परेका छन्’, प्रचण्डले कटाक्ष गरे । उनले आलोचकले माओवादीलाई धेरै पटक सिद्धिए भनेपनि नसिद्दिएको बताए । पोहोरमात्र पनि प्रचण्ड सिद्धिए भनेको सुनेको भन्दै उनले त्यस्तो सुन्दा दुख लाग्ने गरेको बताए ।
उनले पार्टीलाई अघि बढाउन सक्ने कोही भए आफू बसेर किताब लेख्ने भएपनि त्यसरी गर्ने कोही नभएको बताए । सोही कारण उनले एकपटक अन्तिम लडाई लड्ने पनि बताए । अखिल क्रान्तिकारीको २२ औं सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गत पुस ५ गते भएको संसद विघटन मात्रै नभएर प्राप्त उपलब्धि र संविधान समेत नष्ट गर्ने अभिप्रायले गरिएको बताए । त्यसबेला आफुसँग प्रतिक्रियावादीसँग लड्ने कि आत्मसमपर्ण गर्ने भन्ने विकल्प रहेको भन्दै आत्मसमर्पण नगरी लडेकाले क्रान्तिकारीहरुकै जीत भएको बताए ।
‘त्यसबेला मेरो अगाडि पनि ठुलो प्रश्न खडा भयो । लडाई गर्ने कि छोड्ने भन्ने’, प्रचण्डले भगतसिंहको फिल्मको उदाहारण दिँदै मारिनुपर्ने भएपनि मारिने भन्ने संकल्प गरेर सडक आन्दोलन सुरु गरेको बताए । उनले सडकमा आएपछि आनन्द भएको भन्दै देशव्यापी अभियानमा लाग्दा पदप्रति आशक्तहरु पनि सडकमा आएको बताए ।

उनले आफुहरुले सोचेजस्तो क्रान्ति पुरा नभएपनि त्याग र बलिदान खेर नगएको बताएका छन् । प्रचण्डले क्रान्तिकै कारण राजतन्त्र गएर संघीयता आएको भन्दै परिवर्तन जनताको सहभागिता विना सफल नहुने बताए । ‘ठुलो परिवर्तनको बाहक र युगिन परिवर्तन ल्याउने कारण चाहिँ हामी भयौं’, प्रचण्डको भनाइ छ । उनले पार्टीमा क्रान्तिकारी चरित्र र कार्यशैलीमा ह्रास आएको भन्दै परिवर्तन जरुरी रहेको बताए । ‘हामी पनि पद, प्रतिष्ठा, पैसा, कमिसनका निम्ती र दलाल नोकरशाहीप्रति नजिक हुने र घाइते, वेपत्ता, सहिद परिवारप्रति वेवास्ता गर्ने प्रवृत्ति बढ्यो’, प्रचण्डले भने ‘नेतृत्वमा जो पुग्यो त्यो अवसरवादी, मैले धेरै मन्त्री बनाए ती पतन भए ।’ उनले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने सम्भावना अझै रहेकाले त्यसतर्फ लाग्न अपिल गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP