बिहिबार , बैसाख ११, २०८२
तीनै वटा उपनिर्वाचन क्षेत्रमा माओवादीले उम्मेदवार नउठाउने, मत दिएर सहायोग गर्ने घोषणा – News Nepal Media
Trend

आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले आफ्नो उम्मेदवार नउठाउने भएको छ। माओवादी केन्द्रले तिनै ओटा (तनहुँ–१, चितवन–२ र बारा–२) उपनिर्वाचन क्षेत्रमा आफ्नो कुनै उम्मेद्वारी नरहने जनाएको छ। माओवादीले आफु मतदाताको रुपमा मात्रै सहभागी हुने छ।

उक्त पार्टीले उम्मेदवार नउठाउने भएपछि कांग्रेसका उम्मेदवार श्रेष्ठलाई सघाउने माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारीले बताए। उनको अनुसार तनहुँ १ मा माओवादीले सत्ता साझेदार दल कांग्रेसका गोविन्द भट्टराईलाई र बारा २ मा सो पार्टीले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने छ।

चितवनमा माओवादीको समानूपातिक मत ८ हजार ४०७ रहेको छ भने तनहुँ- १ मा समानूपातिक मत ७ हजार ३२६ रहेको छ। साथै बारामा समानूपातिक मत ७ हजार ३२६ रहेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP