कपिलवस्तुमा पुरानै अनुहार चुनावी मैदानमा – News Nepal Media
Trend

कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह चुनावी मैदानमा हुनुहुन्छ । उहाँ २०६३ सालयता निरन्तर सांसद रहनुभएको छ । शाह चौथोपटक सांसद बन्ने प्रयासमा हुनुहुन्छ । उहाँ २०७० सालमा सङ्घीय समाजवादी, २०७४ मा नेपाली कांग्रेस र अहिले पुनः गठबन्धनबाट उम्मेदवार बन्नुभएको हो । विसं २०७४ को निर्वाचनमा शाहले २० हजार एक मत ल्याउनुभएको थियो । विगतमा गरेको कामका आधारमा अहिले आफू सहजै जित्ने शाहको दाबी छ ।

कपिलवस्तु–३ मा एमालेबाट मङ्गलप्रसाद गुप्ता उम्मेदवार बन्नुभएको छ । गुप्ता २०७४ सालमा जसपाबाट उम्मेदवार बन्नुभएको थियो । सो क्षेत्रमा जनता प्रगतिशील पार्टीका महासचिव ईश्वरदयाल मिश्र उम्मेदवार हुनुहुन्छ । गत निर्वाचनमा स्वतन्त्र समूहबाट सूर्य चिह्न लिएर उठेका मिश्र यसपटक भने आफ्नै पार्टीबाट उम्मेदवार बन्नुभएको हो । कपिलवस्तुमा ठूला दलले पूरानै उम्मेदवार दोहो¥याएका छन् । नयाँ अनुहारका रूपमा कपिलवस्तु–१ बाट लौरो अभियानका देवेन्द्रकुमार शर्मा र कपिलवस्तु–३ बाट मौलिक जरोकिलो पार्टीका यमन उपाध्याय उम्मेदवार बन्नुभएको छ ।

कपिलवस्तु क्षेत्र नं १ बाट नेकपा (माओवादी केन्द्र)ले चक्रपाणि खनाललाई उम्मेदवार बनाएको छ । नेकपा (एमाले)बाट बलराम अधिकारी चुनावी मैदानमा होमिनु भएको छ । विसं २०७४ मा वाम गठबन्धनबाट विजयी खनाल यसपटक कांग्रेसको साथ लिएर निर्वाचनमा उत्रिनुभएको छ ।

गत निर्वाचनमा खनालले २९ हजार सात सय ९९ मत ल्याउँदा प्रतिस्पर्धी कांग्रेसका दीपकुमार उपाध्यायले २८ हजार आठ सय ५३ मत पाउनुभएको थियो । एमालेले २०७० सालमा निर्वाचित बलराम अधिकारीलाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा अधिकारी र खनाल एकै ठाउँमा थिए । क्षेत्र नं १ मा दुवै पहिलाकै सांसद हुन् ।

कपिलवस्तु क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार सुरेन्द्रराज आचार्य र एमालेका वृजेश गुप्ताबीच प्रतिस्पर्धा हुने देखिन्छ । दुवै नेता पटक–पटक सांसद र मन्त्रीसमेत भइसकेका व्यक्ति हुन् । दुईपटक कांग्रेसका जिल्ला सभापति भएका आचार्य गत निर्वाचनमा गुप्तासँग पराजित हुनुभएको थियो । गुप्ता भने चारपटक सांसद भइसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP