ओडिशा रेल दुर्घटना : मृत्यु हुने २८८ पुगे – News Nepal Media
Trend

नयाँदिल्ली — भारतको ओडिसामा शुक्रबार बेलुका भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ । ८ सय ३ जना घाइते छन् ।

बालसोर जिल्लाको बहानगा बजार रेल्वे स्टेसननजिक तीनवटा रेल दुर्घटनामा परेका हुन् । पहिले एउटा मालवाहक रेलमा पछाडिबाट यात्रुवाहक रेल ठोक्किएको थियो । यात्रुवाहक रेल कोरोमन्डल एक्सप्रेसको १२ वटा डिब्बा रेल्वे लिकबाट बाहिरिएर पल्टिएको थियो । त्यही बेला अर्को रेल्वे लाइनबाट बेंगलरुबाट आइरहेको अर्को रेल पहिला नै उछिटिएको रेलका डिब्बासँग ठोक्किन पुगेको थियो । तेस्रो रेल यशवंतपुर–हावडा एक्सप्रेस हो । दुर्घटनापछि उक्त ट्रेनको १७ वटा डिब्बा लिकबाट तल आएको थियो । मिडिया रिपोर्टका अनुसार राति १० बजेतिर मात्रै दुर्घटनाको खबर आएको थियो ।

कोरोमन्डल एक्सप्रेस मेनलाइन छाडेर लुप लाइनमा प्रवेश गर्दा मालवाहक रेलसँग ठोक्किन पुगेको थियो । तर, कसरी उक्त रेल मेन लाइनबाट अर्को लाइनमा पुग्यो र दुर्घटना भयो भन्ने अझै खुलिसकेको छैन । प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार अपराह्न ४ बजे घटनास्थलमा पुगेर दुर्घटनाबारे जानकारी लिनुका साथै घाइतेहरूलाई भेटेका छन् । रेलमन्त्री अश्विनी वैष्णव पनि घटनास्थलमै छन् । सरकारले मृतक परिवारलाई १० लाख भारतीय रुपियाँ दिने घोषणा गरेको छ । त्यस्तै घाइतेहरूलाई २ लाख भारु दिने घोषणा गरिएको छ ।

बेंगलरु–हावडा सुपरफास्ट ट्रेन बिहीबार बिहान साढे ७ मा बेंगलरुको यशवंतपुर स्टेसनबाट हिँडेको थियो । अर्को दिन शुक्रबार बेलुका ८ बजे हावडा पुग्नु थियो । त्यस्तै, शालिमार–चेन्नईको सेन्ट्रल कोरोमन्डल एक्सप्रेस शुक्रबार अपराह्न ३ बजेर २० मिनेटमा हावडाबाट खुलेको थियो । उक्त ट्रेन शनिबार अपराह्न ५ बजे चेन्नई पुग्ने समयतालिका थियो । तर दुवै यात्रुवाहक रेल दुर्घटनामा परेका हुन् । उक्त रुटमा रेलको गति प्रतिघण्टा १३० किलोमिटर हुन्छ । दुवै रेलको गति १२५–१२८ किलोमिटर प्रतिघण्टा थियो । दुर्घटनापछि त्यस रुटमा चल्ने दर्जनौं रेललाई स्थगित गरिएको छ । नेपाली दूतावासले दुर्घटनामा कोही नेपाली परेको बारे शनिबार साँझसम्म कुनै जानकारी प्राप्त नभइसकेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP