सिरहामा एक हजार आठ सय ६५ नयाँ उद्योग दर्ता – News Nepal Media
Trend

बैंक तथा वित्तीय संस्थाहरूले कृषिजन्य उद्योगमा ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गराउने क्रम बढेको छ । ती संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेको र ‘लोडसेडिङ’ले समेत खासै असर नपर्ने भएपछि जिल्लामा त्यस्ता उद्योग दर्ता गराउने क्रम बढेको हो ।

आर्थिक वर्ष २०७८÷७९ मा एक हजार आठ सय ६५ नयाँ उद्योग दत्र्ता हुदाँ त्यसमा एक हजार २४३ कृषिजन्य उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालय लहानले जनाएको छ । दर्ता भएको नयाँ कृषिजन्य उद्योगमा कृषि, पशुपक्षी र माछापालनसम्बन्धी एक हजार एक सय २०, पशुपालनसम्बन्धी ७१, माछापालनसम्बन्धी १२, दुग्धजन्य उद्योग १४ वटा दर्ता भएको कार्यालय प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी

दिनुभयो ।

यस्तै आव २०७८÷७९ मा सेवामूलक उद्योग चार सय ७७, उत्पादनमूलक उद्योग एक सय ४५ वटा दर्ता भएको प्रमुख यादवले बताउनुभयो । यससँगै सिरहामा कृषि तथा वनजन्य उद्योग चार हजार १३, उत्पादन उद्योग एक हजार सात सय ५७ र सेवा उद्योग चार हजार सात १५ गरी घरेलु तथा साना उद्योगको सङ्ख्या १० हजार तीन सय १५ पुगेको प्रमुख यादवले जानकारी दिनुभयो ।

यस्तै आव २०७८÷७९ मा नयाँ उद्योग र वाणिज्यतर्फ दर्ताबाट रु एक करोड ८१ लाख ३३ हजार दुई सय ९८ राजस्व सङ्कलन भएको जनाएको छ । गत आव २०७७÷७८ मा एक हजार नौ सय १३ नयाँ उद्योग दर्ता भएको थियो । अघिल्लो आव २०७७÷७८ मा पनि सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार एक सय २२, सेवा उद्योगतर्फ छ सय पाँच र उत्पादन उद्योगतर्फ एक सय ८६ उद्योग दर्ता भएको थियो ।

अघिल्लो आव २०७७÷७८ मा कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग एक हजार १८, पशुपालनका ५४ तथा कुखुरापालनका १७ वटा नयाँ उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ । जिल्लास्थित बैंक तथा वित्तीय संस्थाबाट कृषिजन्य उद्योगमा ऋण लगानी हुन थालेको र अन्य उद्योगभन्दा कृषिजन्य उद्योगलाई बढ्दो लोडसेडिङले खासै असर नपार्ने भएकाले कृषिजन्य उद्योगतर्फ स्थानीयवासी आकर्षित भएको प्रमुख यादवको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP