बिहिबार , बैसाख ११, २०८२
नमुना सदरमुकाममा तीनवटा भवन सम्झौताको चरणमा, जग्गा नापजाँचको काम सकियो – News Nepal Media
Trend

कावासोती । नवलपुरको कावासोतीमा बन्न लागेको नमुना सदरमुकामका लागि पहिलो चरणमा तीन वटा भवन निर्माणका लागि टेण्डर भएर सम्झौतको चरणमा पुगेको छ ।

अवको केही दिनमा टेण्डर परेको कम्पनीसँग सम्झौताको तयारी भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख झपट बहादुर थापाले जानकारी दिए । तर टेण्डर परेको निर्माण कम्पनीको नाम भने सार्वजनिक गरिएको छैन ।

कावासोतीमा भएको नमुना सदरमुकाम गुरुयोजना भवन निर्माण सम्बन्धी कार्यक्रममा थापाले दिएको जानकारी अनुसार पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र दुईवटा एकीकृत भवन बन्ने छन् । त्यसका लागि चालु आर्थिक वर्षमा विनियोजन भएको २० करोड, अर्थमन्त्रालयले त्यसमा थप गरी सुनिश्चित गरेको ५० करोड र आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको ८० करोड रुपैयाँबाट भवन निर्माणको काम अघि बढाउने आयोजनाले जनाएको छ ।

नमुना सदरमुकामका लागि छुट्टाइएको १८४ विगाहा क्षेत्रफलको नापजाँच गरिसकिएको छ । जग्गा नापजाँच गर्दा १८४.७.१८.५ बिगाहा किटान भएको आयोजनाले जनाएको छ । अव रुख कटानको काम शुरु हुने बताइएको छ ।

त्यसका लागि डिभिजन वन कार्यालयले अनुमतिका लागि वन विभागमा जानकारी गराएको जनाएको छ । विभागले मन्त्रालयमा प्रस्ताव लगेर स्वीकृत भए रुख कटानको काम अघि बढ्ने डिभिजन वन कार्यालयका प्रमुख बसन्त केशव अधिकारीले जानकारी दिए । उनका अनुसार ५ सय ५२ वटा रुख कटान गर्नु पर्नेछ ।

यसैबीच प्रतिनिधि सभाका पूर्व सदस्य एवं एमाले नेता तिलक महतले सदरमुकाम निर्माणका लागि कावासोतीमै सम्पर्क कार्यालय खोल्नु पर्ने बताएका छन् । भरतपुरमा मुख्य कार्यालय हुँदा समस्या भएको भन्दै निर्माणस्थल कावासोतीमै सम्पर्क कार्यालय खोल्नु पर्ने उनको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले सम्पर्क कार्यालयका लागि आफू आफ्नै कार्यालयका कोठा दिन तयार रहेको र तत्काल बोर्ड राखेर काम गरेपनि हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP