गाई संरक्षणलाई काफलडाँडामा गौशाला – News Nepal Media
Trend

स्याङ्जाको वालिङ– ८ काफलडाँडामा गौशाला निर्माण गरिएको छ । वालिङ नगरपालिकाले गाई संरक्षणका लागि वालिङ–१० स्थित स्वर्गाश्रममा निर्माण गरेको गौशालालाई स्थानान्तरण गरी काफलडाँडास्थित शिवालय धुनीको गुठीमा गौशाला बनाएर सञ्चालन गरेको हो ।

शिवालय धुनीको गुठीमा व्यवस्थित तरिकाको गौशाला निर्माण गरी गाई स्थानान्तरण गरिएको वालिङ नगरपालिका–८ का पूर्ववडा सदस्य अनन्तराज शर्माले बताउनुभयो ।

शर्माका अनुसार वालिङ नगरपालिकाबाट आर्थिक वर्ष २०७८÷७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु पाँच लाख ५० हजार, वडा कार्यालयअन्तर्गत सोही शीर्षकबाट रु दुई लाख र नगरस्तरीय योजनाबाट रु पाँच लाख गरी कूल रु १२ लाख ५० हजार प्राप्त भएको र बाँकी रु दुई लाख सरसापटीबाट निर्माण गरिएको हो ।

गाई पछिल्लो समय जथाभावी छोडिदिँदा बालीनाली खाइदिने, सडकमा हुलका हुल हुँदा दुर्घटना हुनसक्ने भएकाले त्यसको व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको हो । “पहिला गौशाला निर्माण गरिएको ठाउँ आवतजावतका लागि अपायक, प्रशस्त चरन नहुनु, आवश्यक पर्ने दानापानी पु¥याउन समस्या भएको थियो”, उहाँले भन्नुभयो, “काफलडाँडामा यातायातको सहजता, मानिसको आवतजावत धेरै हुने हुँदा गाईको रेखदेख र संरक्षण, प्रशस्त चरन क्षेत्र हुनुका साथै शिवालय धुनीको गुठीमा गौशाला निर्माणका लागि जग्गा प्राप्त भएकाले स्थानान्तरण गरेका हौँ ।”

गौशालामा हाल सानाठूला गरी ८७ गाई तथा बाच्छाबाच्छी रहेका छन् । गौशालामा आवश्यक भौतिक संरचना केही निर्माण भएका र बाँकी थप गर्दै लगिने धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रमका अध्यक्ष ढालप्रसाद पौडेलले बताउनुभयो ।

वालिङ नगरपालिकाको सहयोगमा निर्माण गरिएको गौशालाको रेखदेख तथा संरक्षण कार्य समितिमार्फत गरिएको छ । “गाईका लागि आवश्यकपर्ने प्रशस्त दानापानी तथा घाँस काटेर खुवाउन सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “गाई हेरालुकारुपमा दुई जनालाई पारिश्रमिक दिएर राखिएको र उहाँहरुले गाई दैनिक फुकाएर चराउने गर्दै आउनुभएको छ ।”

यस ठाउँमा सुरुआती चरण भएकाले पनि सबै व्यवस्थापन नभइसकेकाले क्रमशः पराल, खर, दानापानी तथा भण्डारणको व्यवस्थातिर जोड दिँदै जाने उहाँले बताउनुभयो । गौशालामा गाईको मलमूत्र छुट्टाछुट्टै सङ्कलन गरी बिक्री गरी आम्दानीमा राख्ने निर्णय समितिले गरेको छ ।

वालिङ बजार तथा आसपासका क्षेत्रमा छाडा छोडिएका पशु चौपायाका कारण स्थानीयको बालीनालीमा नोक्सानी भएको गुनासो अत्यधिक आउन थालेकाले गाई संरक्षणका लागि दीर्घकालीन योजनाका रुपमा गौशाला निर्माण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP