बिहिबार , बैसाख ११, २०८२
मध्यविन्दुमा ९० घरलाई लालपुर्जा वितरण – News Nepal Media
Trend

नवलपरासी । ।पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले मध्यविन्दु–१, सेतापानीमा रहेका ९० घर सुकुमबासीहरुलाई बुधबार निःशुल्क जग्गाधनी लालपुर्जा वितरण गरेको छ । मध्यविन्दु–१, सेतापानीमा लालपुर्जा वितरण कार्यक्रम नै राखेर नगरपालिकाले सुकुमबासीहरुलाई लालपुर्जा वितरण गरेको हो ।

यहाँ रहेका दलित सुकुमबासी, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासीहरुमध्ये पहिलो चरणमा ३४ जना दलित सुकुमबासी र ५६ जना भूमिहीन सुकुमबासीलाई लालपुर्जा वितरण गरिएको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीले बताए ।

लालपुर्जा वितरण कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ, नवलपुर क्षेत्र नं २ का सांसद् विष्णु कार्की, प्रदेश सांसद् पदमा जिसी श्रेष्ठ, पूर्वप्रदेश सांसद् जनकलाल श्रेष्ठ, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक, राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेललगायतको सहभागिता थियो ।

राष्ट्रिय भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले नवलपुरमा असार–साउन सम्ममा १३ हजार बढी लालपुर्जा वितरण गरिने गरी आयोगले काम फत्ते गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP