दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ गम्भीर घाइते – News Nepal Media
Trend

दार्चुलामा जिप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोलाकी ६० वर्षीया कालीदेवी नेगीको मृत्यु भएको जनाएको छ। उनलाई उपचार गराउन अस्पताल लैजाने क्रममा मृत्यु भएको हो।

मंगलबार मधेस प्रदेश ०३–००–०३४० नम्बरको जिप महाकाली नगरपालिका –४ बांगाबगर खानेपानी ट्याङ्कीनजिक लास्कु खोलामा खसेको थियो। उक्त दुर्घटनामा परि घाइते भएका अन्य तीन जनालाई उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयले जानकारी दिए। डुङरी मन्दिरमा पूजापाठ गर्न आएका थिए।

यस्तै सोहि दुर्घटनाबाट महाकाली नगरपालिका –२ बुढिचौराका २४ वर्षीय जिपचालक मोहनसिंह लोथ्याल, भारतीय नागरिक ७ वर्षीया विमलादेवी नेगी, ५५ वर्षीय मख्खनराम नेगी, ६ वर्षीया किरणकुमारी आग्री, ३८ वर्षीय शान्तिदेवी नेगी, वर्ष ४७ का दिवान आग्री, ७ वर्षीय जोतविरसिंह कुवँर, २७ वर्षीया अन्जुदेवी कुवँर र ५ वर्षीय गुरुजोत सरदार घाइते भएका छन्।

यसैगरि मख्खनराम नेगी, किरणकुमारी आग्री र ७ वर्षीया बालिका विमलादेवी नेगीलाई थप उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको छ । अन्य घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । जिपमा चालकसहित १० जना सवार रहेका जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP