नेतृत्वमा युवाको खाँचो – News Nepal Media
Trend

रामपुर नगरपालिका ६ किसानटोल बस्ने ७७ वर्षीय जयनारायण न्यौपानेले आफ्नो जीवनमा धेरै पटक मतदान गर्नुभयो । चुनाव आएका बखत अब त देशले गति लिन्छ कि भन्ने आशै आशले मतदान गर्दैआए पनि आफूले दिएको मतको कदर नभएकामा उहाँ गुनासो गर्नुहुन्छ ।
आगामी मङ्सीर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा दिनहुँजसो घर–घरमा विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवार चुनावी योजना लिएर पुगेका छन् तर देशमा सक्षम र योग्य व्यक्ति नेतृत्वमा नआउँदा नागरिकले अनायासै दुःख र कष्ट भोग्नु परेकामा न्यौपाने चिन्तित हुनुहुन्छ ।
ठूला आश्वासन दिने तर सत्तामा पुगेपछि विकासमा चासो नदिदा देशको विकास अझ पछि धकेलिन्छ कि भन्ने चिन्ताले पिरोलिनु परेको गुनासो गर्दै उहाँ चुनाव जितेर सत्तामा पुग्ने नेताले देशको विकास गर्न नसकेकामा नेतृत्वसंग रुष्ठ हुनुहुन्छ । देशको परिवर्तनका लागि युवा जनशक्ति नै नेतृत्वमा आउनुपर्नेमा जोड दिनुभएका ज्येष्ठ नागरिक न्यौपाने भन्नुह्ुन्छ, “देश र जनताको भावना अनुसार काम गर्ने युवा नेताको खाँचो छ, देशमा रोजगार नहुदा अहिले युवा जनशक्ति सबै विदेश पलायन भएका छन्, घरमा उमेर ढल्कदै गएका अभिभावक परदेशिएका छोराछोरीलाई सम्झदै एक्लै बस्न बाध्य छन्, विदेश जाने युवालाई रोक्न र स्वदेशमै स्वरोजगार सिर्जना गर्ने खालका कार्यक्रम ल्याउनुपर्छ” ।पञ्चायतकालमा कोरिएका विकासका रेखा नै अहिले पनि यथावत रहेको हुँदा चुनाव आउँदा धेरै विकास गर्छौ भन्ने तर पछि गाउँ नफर्कने नेताको प्रवृत्तिप्रति उहाँ असन्तुष्ट हुनुहुन्छ ।
“मुलुकमा व्यवस्था बदलियो, राणाशासन, पञ्चायतकाल, प्रजातन्त्र हुँदै लोकतन्त्र आयो तर विकासको अनुभूति भएन”, न्यौपाने भन्न्ुहुन्छ, “पहिले नै बनेका विकासका खाकाले अहिलेसम्म पूर्णता पाउन सकेको छैन, दीर्घकालीन रुपमा विकास गर्ने विकासप्रेमी युवा नेतृत्वमा आउनुपर्छ, पाका नेतृत्वले देशमा परिवर्तन आएन ।”
देश परिवर्तन युवाले गर्ने हो । युवासँग नयाँ जोश जाँगर र नयाँ विकास निर्माणका योजना आउँछन् । हामीजस्ता पाका पुस्तासँग सल्लाह लिएर युवाले नेतृत्व गरेमा देशले फड्को मार्ने ज्येष्ठ नागरिक न्यौपानेको बुझाई छ ।
ठूला आश्वासन मात्र दिनुभन्दा गाउँका सामान्य आधारभूत समस्या समाधान गर्ने नेतृत्व भए छोरा नातिले हामीलेजस्तो ससाना कुरामा पनि दुख भोग्नु नपर्ने अर्का ज्येष्ठ नागरिक रन्नता बाशिष्ठ बताउनुहुन्छ । “मताधिकार प्रयोग गर्न उमेर पुगेदेखि नै लगातार निर्वाचनमा सहभागी भएर मतदान गरिरहेका छौँ तर हामी मतादाताले अनुभूति हुने गरी केही काम भएका छैनन्, नेतृत्वले सुख र विकास देलान् भनेको झन् नेताहरु बीच नै कुर्र्सीको लडाई भइरहेको छ, देशमा आजभन्दा भोलि महंगी बढ्दै गएको छ, हामी जनता कसरी बाँच्ने हो?” उहाँ भन्नुहुन्छ ।
उम्मेदवार गाउँ केन्द्रित भइरहदा मतदाता भने पहिलेको निर्वानमा जस्तो त्यति उत्साहत देखिदैनन् । पुराना उम्मेदवार, दलका नेता तथा कार्यकर्तामा विकासको कुनै ‘भिजन’ नभएको गुनासो सबै मतदाताले गरिरहेका छन् । अहिले मतदाता पनि सक्षम हुदै गएकाले सक्षम र विकासप्रेमी नेतृत्वको पखाईमा उनीहरु छन् ।
निर्वाचनको मिति नजिकिदै गर्दा यतिबेला राजनैतिक दल र स्वतन्त्र उम्मेदवार गाउँघरमा पुग्न थालेका छन् । गाउँ ठाउँको विकास गर्ने आश्वासन दिदै विभिन्न चुनावी योजना लिएर मतदातालाई आफ्नो पक्षमा मतदान गर्न उम्मेदवारले आग्रह गरिरहेका छन् । चुनाव अगाडि गरिएका प्रतिबद्धताअनुसार काम नहुँदा उम्मेदवारलाई झुट्टा आश्वासन नदिन मतादाताले खबरदारी गरिरहेका छन् । मतदाताले आफ्नो मताधिकार सही ठाउँमा प्रयोग गर्ने हो भने देश परिवर्तन हुन समय नलाग्ने बताउनुहुन्छ, युवा मतदाता दीपेन्द्र भट्टराई ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP