मोटरसाइकलमा आगजनी – News Nepal Media
Trend

धनगढी उपमहानगरपालिका–६ जालीगाउँका जगतराम चौधरीको घरमा राखिएको मोटरसाइकलमा गए राति आज्ञात व्यक्तिले आगजनी गरेका छन् ।

घरको बरण्डामा राखिएको से४प६८९४ नंको उक्त मोटरसाइकल आगजनीबाट जलेर पूर्णरूपमा क्षति पुगेको छ । घरका सबै सदस्य सुतिसकेको अवस्थामा भएको सो घटनाका बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले बताउनुभयो ।

यसैबीच धनगढी उपमहानगरपालिका–२ को ट्राफिकचोक नजिक शङ्कास्पदरूपमा हिँडिरहेको भनिएका बझाङ दुर्गाथली गाउँपालिका–४ का गणेशप्रसाद जोशीलाई एक किलो पाँच सय ग्राम लागुऔषध चरेससहित सोमबार साँझ पक्राउ गरिएको छ । सादा पोशाकमा रहेको प्रहरी टोलीले जोशीलाई चरेससहित नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP