बालेनले भने– आजबाट म तारिखमा, प्रधानमन्त्रीले छुट पाउने म अपराधी ? – News Nepal Media
Trend

सरकार र अदालत भारतको अधिनमा रहेको भन्दै अदालतको निर्णय नमान्ने बताएका बालेनलाई सर्बोच्च अदालतले तारीख थमाएको छ । काठमाडौं महानगरका मेयर बालेन शाहले आज सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा प्राप्त गरेको उल्लेख गर्दै आजदेखि तारिखमा रहेको जनाएका छन् । मेयर बालेनले हातमा सर्बोच्च अदालतले थमाएको पर्चि देखाउदै सामाजिक सञ्जाल फेस्बुक मार्फत् यसो भनेका छन्, …..“आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा । आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।”

बालेनले सर्बोच्च अदालतल द्वारा थमाईएको पर्चि देखाउदै पोष्ट गरेपछि धेरै नेपालीले बिरोध जनाएका छन् । एउटा राम्रो काम गर्दे अगाडी बढेको राष्ट्रका सपुतलाई पर्चि थमाउने ? यो सतिले सरापेको देश भन्दै बिरोध जनाएका छन् । नेताहरुले देशै बेच्न लाग्दा अदालत नबोलेको तर बालेनले सहि भन्दा सजाय दिन खोजेको आरोप लगाएका छन् ।

हिन्दी सिनेमा बन्द गर्ने विषयमा उनले सरकार र अदालत भारतको अधिनमा रहेको भन्दै अदालतको निर्णय नमान्ने बताएपछि अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र वर्षाकुमारी झाले मुद्दा दायर गरेका थिए ।

सर्वोच्च अदालतले असार १३ गते लिखित जवाफ लिएर आफैँ अदालतमा हाजिर हुन आदेश दिएको थियो । सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन मंगलबार आदेश दिएको हो ।

बालेन आज सर्वोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाएको बताइएको छ । दर्शकबिन के बालेन गलत बोलेका थिए त कमेन्ट गर्न नभुल्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP