हिमामा आँखा उपचार केन्द्र – News Nepal Media
Trend

जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ । यसका लागि हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ ।

हालै ती दुई निकायका बीच आँखा उपचार केन्द्र सञ्चालनसम्बन्धी भएको सम्झौता समेत भएको हिमाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो । उपचार केन्द्रको भवन बनाउन अर्थ मन्त्रालयले रु सात करोड ११ लाख विनियोजन गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP