कांग्रेस सांसद तामाङलाई पितृशोक, संसदीय दलद्वारा दुःख व्यक्त – News Nepal Media
Trend

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद बहादुरसिंह लामा तामाङलाई पितृशोक परेको छ । उहाँका पिता दीपबहादुर तामाङको मङ्गलबार ८९ वर्षका उमेरमा निधन भएको हो ।

दीपबहादुरको निधनप्रति कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज शोक विज्ञप्ति जारी गरी गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली तथा शोकको घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने सन्तानलाई जन्म दिनुभएका दीपबहादुरले आफ्ना सन्ततिहरुलाई सदैव देश, लोकतन्त्र एवम् आम नागरिकको हितमा समर्पित रहन प्रेरणा दिँदै आउनुभएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP