सुदूरपश्चिममा पैँतीस हजार मतदाता थपिए – News Nepal Media
Trend

स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशमा ३५ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार स्थानीय तह निर्वाचन २०७९ सालको निवार्चनमा यहाँका नौवटै जिल्लामा गरी १६ लाख ३२ हजार एक सय ५० मतदाता

थिए ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जिल्लाबाट सङ्कलन भएर आएका नामावली रुजु गरेपछि निर्वाचन आयोगमा पठाउने जानकारी दिनुभयो ।उहाँका अनुसार नयाँ थपिनेमा सबैभन्दा बढी कैलाली जिल्लामा ११ हजार चार सय३० मतदाता थपिएका छन् ।

त्यसैगरी कञ्चनपुरमा नौ हजार आठ सय २८, अछाममा चार हजार ८० मतदाता थपिएका छन् । यस्तै यहाँको पहाडी जिल्ला बाजुरामा एक हजार तीन सय ६४, दार्चुलामा एक हजार ६ सय ६४, बैतडीमा दुई हजार आठ सय ६, डडेल्धुरामा दुई हजार दुई सय ५८, बझाङमा एक हजार ६ सय ५९ र डोटीमा दुई हजार एक सय ७२ जना मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । “नयाँ आएका नामावलीहरु को साताभित्र आयोगमा पठाइसक्ने र भदौको अन्तिममा अन्तिम नामावली प्रकाशित आयोगबाट हुन्छ ।” प्रदेश कार्यालय प्रमुख भट्टले भन्नुभयो, “स्थानीय तहको निर्वाचनपछि आयोगले नै छुटेका मतदाताहरुको नामावली सङ्कलन मुलुकभर थालेको थियो ।”

यस पटक अन्तिम नामावलीमा समावेश भएकाहरुले आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाका मतदान गर्न पाउनेछन् । २७ लाखभन्दा बढी जनसङ्ख्या रहेको सुदूरपश्चिममा ८८ वटै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP