मानविय एवं सामाजीक क्षेत्रमा रोटरी क्लव अफ कावासोती, “दृष्टि सवैको लागी” – News Nepal Media
Trend

सागर पोख्रेल
रोटरी क्लब, एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो, जसले सामाजिक र मानविय उत्थानको लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ । विश्वकै सबैभन्दा पुरानो सेवामूलक संस्था रोटरी, सन् १९०५ फ्रेबु्रअरी २३ मा संयुक्त राज्य अमेरिकाको शिकागो सहरमा पौल हेरिस सहित ४ जनाको सहमतिमा “आफ्नो लागि त सवैले गर्छन् तर आफुभन्दा कम भाग्यमानीहरुको लागि केहि गर्नु पो मानवियता हो“ भन्ने सोचका साथ “स्वयं भन्दा माथि सेवा“ भन्ने मूल मन्त्र एवं आदर्श वाक्य रहेको रोटरीको स्थापना भएको थियो ।

नेपालमा रोटरीको प्रवेश अन्तर्राष्ट्रिय रोटरीको स्थापनाको झण्डै ५५ वर्षपछि विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका डा. जैन गिरी, किरण समशेर जवरा, गोपाल राजभण्डारी र डा. देवरथ लगायतको पहल र नेतृत्वमा नेपालमा रोटरी अभियानको सुरुवात भएको थियो । सन् १९५८ नोभेम्बर २० मा रोटरी क्लब अफ काठमाडौको विधिवत् गठन भएको थियो ।

क्रमशः रोटरीको लोकप्रीयता बढ्दै गए सगै नवलपुरको सदरमुकाममा भरत शर्मा पोखरेल अध्यक्षतामा यस क्षेत्रमा सकृय विभिन्न पेशा र ब्याबसायका ब्यक्तिहरुको संलग्नतामा रोटरी क्लव अफ कावासोती स्थापना भयो । स्थापनाको बर्ष देखीनै मानवीय एवं सामाजीक कार्यमा सकृय रहेको यो क्लवले सामाजिक, मानवीय र व्यवसायिक सेवाको क्षेत्रको बिकासमा समपित रह्यो । यस क्लवले स्थापना देखी हाल सम्म ( ४ बर्ष ) ९८७ जनाको निःशुल्क मोतियाविन्दुको सल्यक्रिया गरीसकेको छ । त्यस्तै ४३ बटा ह्लि चियरहरु हस्तान्तरण गरी सकेको छ । साथै हाल सम्म मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा शौचालय निर्माण गरेको छ भने भरखरै मात्र समता शिक्षा निकेतन मा. वि.मा शौचालय निर्माण गरीरहेको छ । सेवाका अवसरहरूको पहिचानमा विकास गर्नु, व्यवसाय र पेशामा वृहत् नैतिक स्तर, सबै व्यवसाय र पेशाको सम्मान गर्नु र प्रत्येक रोटरियनको पेशालाई समुदायमा सेवा प्रदान गर्न महत्व दिने, सेवाको विचारलाई रोटरियनहरूको व्यक्तिगत, व्यवसायिक र सामुदायिक जीवनमा परिचालन गराउने र व्यवसायिक र पेशागत व्यक्तिहरूको सङ्गठित विश्व भाइचाराद्वारा अन्तर्राष्ट्रिय समझदारी र शान्तिमार्फत सेवाको भावनालाई वृद्धि गराउने गरी चार बटा उद्देश्यहरूका साथ कार्य गर्ने गरेको छ ।

रोटरी क्लव अफ कावासोतीले “दृष्टि सवैको लागी“ भन्ने नारा सहित नवलपुर जिल्लामा अन्धोपन न्यूनीकरण अभियान संचालन गरेको रोटरी क्लवका संस्थापन अध्यक्ष भरत पोख्रेलले बताए । क्लवले गत साता मात्र जिल्लाको विनयी त्रिवेणी गाँउपालिकामा ३ वटा निःशुल्क आखाँ परिक्षण शिविर संचालन गरेको, शिविरमा ९३८ जनाको आँखा परिक्षण गर्दा १८६ जनामा मोतियाबिन्दु भेटिएको र जोखिमयुक्त अवस्थामा रहेका ५० जनालाई तिलगंगा अस्पतालको हेटौंडा केन्द्रमा लागि अप्रेसन गरि ल्याएको क्लवका अध्यक्ष हरीहर अधिकारीले बताए ।

कोरना भाइरसको संक्रमणको समयमा समेत अक्सीजन सिलिण्डर संकलन एवं बितरण, मास्क वितरण, बिद्याथीहरुका लागी छात्रवृत्ति एवं स्टेसनरी, जाडोको समयमा न्यानो कपडाको वितरण, रक्तदान, बृक्षारोपण, दुर्व्यसनमुक्त समाजको निर्माण, सुरक्षीत किशोरी, सडक दुर्घटना न्यूनीकरण जस्ता कार्यहरु गर्दै आईरहेको छ । मुलत चार सुतृय कसीलाई आफ्नो मार्ग निर्देशक शिद्धान्त मान्ने रोटरियनले कुनै पनि बोल्दा÷भन्दा गर्दा त्यसको सत्यता,निस्पक्षता, सद्भावना र आपसी मैत्रीमा यसको सकारात्मक योगदान र सर्वजन हिताय जस्ता कुरालाई आधार मानी निर्णय गर्ने गरेको संस्थापक अध्यक्ष पोख्रेलले बताए । रोटरी क्लबका सदस्यहरूले रोटरीवादको मूल आदर्शलाई मन, बचन र कर्मले मनन गरी समाजमा विभिन्न रचनात्मक मानविय हितका लागि सेवामुलक कार्यहरू सञ्चालन गर्दै आइरहेका छन् । समाजमा शिक्षाको ज्योति फैलाउने कार्यमा रोटरी क्लब सदैव अग्रसर हुँदै विभिन्न स्थानको विद्यालयहरूको शैक्षिक र भौतिक विकासमा सहयोग गर्दै आइरहेको छ ।

त्यस्तै स्वास्थ्य क्षेत्रको महत्त्वलाई आत्मसाथ गर्दै पोलियो उन्मूलन कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम, रक्तदान, निःशुल्क औषधि तथा उपकरण वितरण आदि स्वास्थ्यसम्बन्धी कार्यक्रम नियमितरूपमा सञ्चालन गर्दै आफ्नो क्रियाकलापमा विस्तार गरेको छ। विश्वभरि फैलीएको रोटरी क्लबले सन् १९८५ मा पोलियो उन्मूलनको लागि ऐतिहासिक प्रतिबद्धता गरी विश्वभरमा सम्पूर्ण बालबालिकाको लागि पोलियो उन्मूलनसम्बन्धी औषधि खुवाउने र विश्वबाटै पोलियो रोगको निराकरण गर्ने महान कार्यमा सक्रियताका साथ लागिपरेको छ।

रोटरी क्लबले विभिन्न सामाजिक सङ्घ संस्था र असहायलाई सहयोग र राहत प्रदान गर्दै आएको छ भने दृष्टिविहीन, अपाङ्ग र जेष्ठ नागरिकलाई समयअनुकूल आर्थिक र भौतिक सहयोग समेत गर्दै आएको छ । मानवीय र सामुदायिक सेवामा क्रियाशील सहयोग हातहरू अगाडि बढाउने सर्न्दर्भमा आफ्नो सीमित साधन र स्रोतको अधिकतम परिचालन तथा रोटरी अन्तर्राष्ट्रियको सहयोगमा खानेपानी आयोजना, वृक्षारोपण र स्वास्थ्य केन्द्र निर्माण आदि विभिन्न सामुदायिक क्षेत्रमा कार्य विस्तार गर्दै आइरहेको क्लवका अध्यक्ष अधिकारीले बताए । यसरी मानवीय र सामाजिक सेवा क्षेत्रमा रोटरी क्लब अग्रणी रही दिगो विकासको लागि सम्बन्धित सबै पक्षसँग समन्वय, सहकार्य र सहयोगमा सेवाका हात बढाउँदै लगेको स्पष्ट देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP