देवघाटमा शिवको मूर्ति निर्माण गरिने – News Nepal Media
Trend

पवित्र धार्मिकस्थल देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शिवको मूर्ति निर्माण गरिने भएको छ । भरतपुर नगरपालिका–१ स्थित रोटरी करुणालय आडैमा देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले मूर्ति निर्माण गर्न लागेको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेका अनुसार देवघाट क्षेत्र विकास समितिले मूर्तिका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गरिसकेको ठाउँमा प्रतिष्ठानलाई मूर्ति निर्माण गर्न भनिएको हो । प्रदेश सरकारले निर्माण गरेको देवघाटधामको विस्तृत अध्ययन प्रतिवेदनमा ३० फिट अग्लो अष्टधातुको शिवको मूर्ति पनि समावेश भएकाले त्यही ठाउँमा रोटरी वृद्धाश्रम तलको नदी किनारको स्नानघाट छेउको जग्गामा मूर्ति निर्माण हुने उहाँले बताउनुभयो ।

मूर्ति निमार्णका लागि प्रदेश सरकार, भरतपुर महानगर, देवघाट क्षेत्र विकास समिति तथा दाताहरूबाट सहयोगको आश्वासन प्राप्त भएको प्रतिष्ठानका अध्यक्ष ढुण्डिराज सिलवालले बताउनुभयो । मूर्ति निर्माणमा रु छ करोड खर्च हुने अनुमान रहेको छ । मूर्तिको उचाइ ३० फिटको हुनेछ भने मोटाइ आठ फिटको रहने छ ।

मूर्ति निर्माणमा तीन हजार केजी तामा, दुई हजार केजी पित्तल, दुई सय केजी जस्ता, २५ केजी काँस, ३० केजी सिसा, चाँदी पाँच सय ग्राम, सुन पाँच सय ग्राम, फलाम १० केजी प्रयोग हुने अध्यक्ष सिलवालले जानकारी दिनुभयो ।

वैदिक धर्मको आदर्श परम्परा अटल राखेर हिन्दूत्वको महत्वलाई स्थापित गराउँदै पर्यटन प्रर्वद्धनमा योगदान पु¥याउने उद्देश्यसहित मूर्ति निर्माण गर्न लागेको आयोजक संस्थाका संरक्षक प्रखर भागवत बाचक आचार्य बालकृष्ण अर्यालले बताउनुभयो । यो महान् र पुण्य काम भएकाले सबै मिलेर यसलाई पूर्णता दिनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP