बिहिबार , बैसाख ११, २०८२
खेलकुदमन्त्री गहतराज बाँके–१ बाट उम्मेदवार सिफारिस – News Nepal Media
Trend

आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज बाँके निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रतिनिधिसभाको उम्मेदवारमा मन्त्री गहतराजसँगै सात जनाको नाम सिफारिस गरेको पार्टीका जिल्ला संयोजक डम्बर विकले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्री गहतराजसँगै लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नेताहरु नरेन्द्र न्यौपाने, नरबहादुर केसी, प्रकाश सुवेदी, ओमप्रकाश केसी र अशोक रोकायको नाम सिफारिस भएको छ ।

मन्त्री गहतराजले विसं २०७४ को निर्वाचनमा यही क्षेत्रबाट नेकपा (एमाले) सँगको गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुनुभएको थियो । उहाँले दोस्रोपटक यही क्षेत्रबाट उम्मेदवारको आकाङ्क्षा देखाउनुभएको छ । गत निर्वाचनमा प्रदेशसभातर्फ प्रत्यक्ष निर्वाचित हुनुभएकी कृष्णा पनि यसपटक प्रतिनिधिसभामा आकाङ्क्षी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP