सुन्दरहरैँचामा बिरामीलाई सास्ती – News Nepal Media
Trend

मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सक कम समयसम्म बस्ने तथा नभेटिँदा बिरामीलाई कठिनाई हुने गरेको छ ।
अस्पतालमा बिरामीको चाप अत्यधिक भए पनि चिकित्सक भने बिरामीको सेवाका लागि लामो समयसम्म नबस्ने गरेको बिरामीको गुनासो छ । सामान्य रोगको उपचार गर्न जाँदा चिकित्सक लामो समयसम्म नबसेका तथा नभेटिएका कारण आफू पटकपटक धाउन बाध्य भएको सुन्दरहरैँचा–७ निवासी बिरामी शम्भु विश्वकर्माले बताउनुभयो । आफू जस्तै दैनिक ज्यालादारी गरेर खानेलाई सामान्य उपचारका लागि पनि पटकपटक अस्पताल धाउँदा समस्या हुने गरेको विश्वकर्माको भनाइ रहेको छ ।
अस्पतालमा दैनिक रूपमा तीन सय बढी बिरामी उपचारका लागि पुग्छन् । बिरामीले काउन्टरमा बिल काटेर डाक्टरलाई जाँच गराउन, रिर्पोट बुझाउँन जाँदा अधिकांश चिकित्सक नभेटिने, हिँडिसकेको हुने स्थानीय सेवाग्राही केशव ओझाले बताउनुभयो । पूर्वाञ्चल विश्वविद्यालय आठ सय पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । उपचारका लागि विभिन्न विभाग भए पनि चिकित्सक समयसम्म नबसेका तथा नभेटिएका कारण सेवाग्राहीलाई सास्ती हुने गरेको स्थानीय शिक्षासेवी चोलाराज पोखरेलले बताउनुभयो ।

बिरामी भएर अस्पताल जाँदा पालो कुर्दाकुर्दै काम सकेर चिकित्सक छिट्टै हिँड्ने गरेकाले यो समस्याको समाधान गरी सरकारी अस्पतालले दिने सेवा सुविधालाई सुधार गर्न जरूरी रहेको पोखरेलले बताउनुभयो । अस्पतालको सुधार र विकासका लागि सम्बन्धित पक्षले चासो राखेर काम गर्न आवश्यक भएको निर्देशक आचार्यले बताउनुभयो । दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको उहाँको भनाइ छ ।

अस्पतालका चिकित्सक डा चन्दन विश्वासले बिरामीको चाप अत्यधिक भएकाले उपचारमा समस्या भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP