खोटाङमा गठबन्धन र एमाले बीच प्रतिस्पर्धा – News Nepal Media
Trend

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले )का उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ ।

गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’ र नेकपा (एमाले)बाट विशाल भट्टराई उम्मेदवार हुनुहुन्छ । विसं २०६४ मा क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा (२)बाट राई निर्वाचित हुनुभएको थियो ।

विसं २०५६ र २०६४ को निर्वाचनमा पराजित हुनुभएका भट्टराई विसं २०७० र २०७४ मा विजयी हुनुभएको थियो ।

प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा (१)मा स्वतन्त्रसहित आठ–आठ तथा प्रदेशसभा (२)मा छ नेता चुनावी मैदानमा उत्रनुभएको छ ।

एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा गत स्थानीय तहको निर्वाचनमा आठ स्थानीय तह वाम–लोकतान्त्रिक गठबन्धनले जितेका थियो ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका लागि खसेको मतका आधारमा वाम–लोकतान्त्रिक गठबन्धनको ४७ हजार पाँच सय १३ मत छ । एमालेको २८ हजार सात सय ९७ मत रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा खसेको मतलाई आधार मानेर हेर्दा प्रदेशसभा (१)मा कांग्रेस १६ हजार नौ सय ३४, माओवादी केन्द्रको आठ हजार चार सय २४ र एकीकृत समाजवादीको एक हजार एक सय २६ गरी गठबन्धनको २६ हजार चार सय ८४ मत छ । एमालेको १३ हजार दुई सय ५९ मात्र
छ ।

स्थानीय तहको चुनावमा वडाध्यक्षको मतका आधारमा प्रदेशसभा (२) मा गठबन्धन नै अगाडि छ । माओवादीको १० हजार तीन सय १२, कांग्रेसको नौ हजार छ सय ९९ र एकीकृत समाजवादीको एक हजार १८ गरी २१ हजार २९ मत खसेको थियो । एमालेको भने १५ हजार पाँच सय ३७ मत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP