बर्दिया जिसस प्रमुख र उपप्रमुखमा कांग्रेस उम्मेदवार निर्वाचित – News Nepal Media
Trend

जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको प्यानल निर्विरोध निर्वाचित भएको छ । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सात सदस्य गरी नौ सदस्यीय पदका लागि भएको निर्वाचन प्रक्रिया अनुसारको उम्मेदवारी दर्तामा अन्य कुनै पनि दलको उम्मेदवारी दर्ता नपरेपछि नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट निर्वाचित हुनुभएको छ । उपप्रमुखमा अमिताकुमारी यादव निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, बिमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित हुनुभएकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP