बिहिबार , बैसाख ११, २०८२
अनलाइनबाटै चिकित्सकको परामर्श – News Nepal Media
Trend

दाङको राप्ती गाउँपालिकामा अब अनलाइनबाट बिरामीलाई चिकित्सक परामर्श सेवा उपलब्ध हुने भएको छ । राप्ती गाउँपालिका–५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं १ मा रहेको प्रस्तावित भालुबाङ अस्पतालमा अनलाइन परामर्श सेवा सुरु भएको हो । गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार दुवै अस्पतालमा जेरियाट्रिक सोसाइटी अफ नेपालका मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त बन्जाडेले बिरामीको मुटुको ‘इसीजी’ गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

योसँगै देउखुरी क्षेत्रका विपन्न मुटु रोगका बिरामीले नजिकैको यी स्वास्थ्य संस्थाबाट विशेषज्ञ स्वास्थ्य सेवा लिन पाउने छन् । “देउखुरी क्षेत्रमा अब मुटुरोगीलाई सहज भएको छ”, उहाँले भन्नुभयो, “बिरामीलाई मध्यनजर गरी हामीले यो सेवा सुरु गरेका हौँ ।”
राप्ती गाउँपालिकाको पहल तथा जेरियाट्रिक सोसाइटी अफ नेपालको सहयोगमा ग्रामीण टेलिकार्डियोलोजी कार्यक्रम सुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP