युएईको नेपालमाथि ३११ रनको लक्ष्य – News Nepal Media
Trend

आइसिसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम खेलमा युएईले नेपालसामु ३११ रनको लक्ष्य देखाएको छ। बिहिबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पुरै ओभर खेल्दै युएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो ।

टस जितेर पहिले व्याटिङ रोजेको युएईले पछिल्लो ६ ओभरमा १ सय भन्दा बढी रन जोडेको थियो । जसमा युएईका लागि आसिफ खानले किर्तिमानी शतक खेलेका थिए ।

अहिले लिगको अन्तिम खेल आज नेपाल र युनाइटेड अरब इमिरेट्सबीच भइरहेको छ । कीर्तिपुर मैदानमा आजको खेल हेर्न ठूलो सङ्ख्यामा नेपाली दर्शक पुगेका छन् । अनुहारमा नेपाली झण्डाको रङ्ग पोतेका र नेपाली झण्डा बोकेका दर्शकले नेपाली खेलाडीलाई हौसला प्रदान गरिरहेका छन् ।

यसैगरी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति कीर्तिपुर मैदानमा रहेको थियाे ।

यसैबीच पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि नेपाली खेलाडीलाई जितको शुभकामना दिनुभएको छ । “हामी आशावादी छौँ, हाम्रो टीम उच्च मनोबलका साथ खेल्नेछ र नेपालको क्रिकेट इतिहासमा सफलताको नयाँ इतिहास रच्नेछ ।

विजयीको शुभकामना टीम नेपाल”, उहाँले भन्नुभएको छ । साथै, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि शुभकामना दिनुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा उहाँले भन्नुभएको छ, “मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टीमलाई शुभकामना । राष्ट्र तपाईंहरुको साथमा छ । म तपाईंहरुको साथमा छु ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP