कञ्चनपुरमा ज्वरोका बिरामीका सङ्ख्यामा वृद्धि – News Nepal Media
Trend

कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाका अनुसार दैनिक स्वास्थ्यचौकीमा ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या ३० देखि ३५ जनासम्म रहने गरेको छ ।स्वास्थ्यकर्मीले बिरामीलाई जाँच गरी औषधि उपलब्ध गराउने काम भइरहेको स्वास्थ्य चौकीले जनाएको छ । “स्वास्थ्यचौकी पुग्ने ज्वरोका बिरामीमध्ये आधाभन्दा बढीमा कोरोनाको जस्तै लक्षण देखिने गरेको छ”, उहाँले भन्नुभयो, “यस्ता बिरामीलाई आइसोलेट गर्नुपर्नेमा त्यो हुनसकेको छैन । त्यसैले पनि ज्वरोको लक्षण लिएर आउने बिरामी बढेका छन् ।” ज्वरो आएकाले पनि मास्कको प्रयोग नगर्ने भएकाले पनि सङ्क्रमण बढदो रूपमा रहेको उहाँले जानकारी दिनुभयो ।

शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमा दैनिक उपचारका लागि पुग्ने तीन सय बढी बिरामीमध्ये आधा बढी बिरामी ज्वरोका रहने गरेका छन् । ती मध्ये धेरैजसो बिरामीको लक्षण कोरोनासँग मिल्दोजुल्दो छ ।

मौसम परिवर्तनसँगै ज्वरोका बिरामी बढेको उहाँको भनाइ छ । ज्वरोसँगै टाइफाइड, रुघाखोकीसँगै दूषित पानीका कारणसमेत बिरामीको सङ्ख्या बढदो रहेको छ । दोधारा चाँदनी प्राथमिक स्वास्थ केन्द्रका चिकित्सक आशिष पोख्रेलका अनुसार दैनिक केन्द्रमा एक सय बढी बिरामी उपचारका लागि पुग्ने गर्दछन् । तीमध्ये ७० प्रतिशत बिरामी भाइरल ज्वरोका रहने गरेका छन् ।

बिरामीको जाँचसँगै औषधि उपलब्ध गराई उमालेको पानीको प्रयोगमा जोड दिनका लागि आग्रह गरिँदै आएको चिकित्सक पोख्रेलले जानकारी दिनुभयो । महाकाली अस्पतालमा समेत उपचारका लागि पुग्नेमध्ये ६० प्रतिशत बढी बिरामी ज्वरोका रहने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP