पाँच वर्षमा ४८ कानुन निर्माण – News Nepal Media
Trend

कर्णाली प्रदेशसभाले हालसम्म ४८ वटा कानुन निर्माण गरेको छ । प्रदेशसभाको पाँच वर्ष कार्यकालको अन्तिममा ४८ वटा विधेयक प्रमाणीकरण भएको प्रदेशसभाले जनाएको छ । हालसम्म प्रदेशसभामा ७८ विधेयक दर्ता भएका छन् भने ६ वटा अध्यादेश सभाबाट स्वीकृत भएका छन् ।

त्यसैगरी, आठ विधेयकहरु विषयगत समितिमा छलफलका क्रममा छन् । प्रदेशसभाको सुरुआतमा कानुन निर्माणलाई प्राथमिकता दिइएको भएपनि पछिल्लो समय राजनीतिक खिचातानीको मारमा परेको छ । सुरुका तीन वर्षमा ३८ कानुन बनाएको प्रदेशसभाले त्यसयताको डेढ वर्षमा १० वटा कानुन बनाएको हो । सत्ता फेरबदलको खेलमा केन्द्रित हुँदा गत वर्ष संसद्मा एउटा पनि विधेयक पारित हुन सकेन । सत्ता प्रतिपक्षको बेमेलका कारण संसद् अवरोध हुँदा कतिपय अवस्थामा अत्यावश्यक कानुन निर्माणको साटो सरकारले अध्यादेशको सहारासमेत लिएको थियो ।

प्रदेशसभाको मुख्य काम सरकार निर्माण गर्ने, प्रादेशिक कानुन बनाउने, प्रदेश सरकारको काम कारबाहीको निगरानी गर्ने तथा जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने हो । प्रदेशसभाको हालसम्मका कामलाई हेर्दा उत्साहपूूर्ण नै रहेको कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले बताउनुभयो । उहाँले कर्णालीको प्रदेशसभामा केही समय अलमलको स्थिति देखिएपनि कामहरु निरन्तर अगाडि बढेको औँल्याउनुभयो ।

प्रदेशसभाले अन्य प्रदेशको तुलनामा केही राम्रा अभ्यासको सुरुवातसमेत गरेको सभामुख शाहीले बताउनुभयो । “प्रदेशसभाले खुुल्ला संसद्को अवधारणा ल्यायो । जसअनुसार हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि पनि संसद् खुल्ला गरिन्छ”, उहाँले भन्नुभयो, “सर्वसाधारण नागरिक पनि संसद्मा भएका गतिविधिका विषयमा जानकार हुने अवसर पाएका छन् ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP