फुङ्लिङमा कांग्रेस विजयी – News Nepal Media
Trend

ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ । आज सम्पन्न भएको मतगणनामा छ हजार १७९ मत प्राप्त गदै कांग्रेसका उम्मेदवार अमिर मादेन विजयी हुनुभएको हो ।
मादेनले नेकपा एमालेका निकटतम प्रतिस्पर्धी छत्रपति प्याकुरेललाई दुई हजार २८७ मतान्तरले पछि पार्दै प्रमुख पदमा विजयी हुनुभएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । प्याकुरेलले तीन हजार ८९२ मत ल्याउनुभयो ।

त्यस्तै चार हजार २७७ मत ल्याएर नेकपा एमालेका उम्मेदवार भीमादेवी ओझा उपप्रमुख पदमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले जनाएको छ । ओझाले प्रतिस्पर्धी माओवादी केन्द्रका बमबहादुर भट्टराईलाई ४३३ मतले पछि पार्दै विजयी हुनुभएको हो । भट्टराईले तीनहजार ८४४ मत प्राप्त गर्नुभएको थियो ।—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP