शुक्रबार , जेठ १०, २०८२
प्रतियोगितामा सहभागी हुने खेलाडीको बीमा – News Nepal Media
Trend

गण्डकी प्रदेश सरकारले राष्ट्रिय तथा प्रदेशस्तरका खेल प्रतियोगितामा भाग लिने खेलाडीको बीमा गर्ने भएको छ । प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट कार्यक्रममा खेलाडीको बीमा गर्ने व्यवस्था गरिएको बताउनुभयो ।

अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने खेलाडीको स्वास्थ्य बीमाको व्यवस्था भए पनि कतिपय राष्ट्रिय र प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने खेलाडी यसबाट बञ्चित हुँदै आएका थिए । यसैगरी आगामी बजेटमा राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेताका लागि प्रोत्साहनस्वरुप नगद पुरस्कारको व्यवस्था गरिएको मन्त्री बरालले बताउनुभयो । सरकारले गण्डकी प्रदेशमा खेलकुद पूर्वाधार विकासका लागि रु १५ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेशभित्रका खेलमैदान निर्माण, मर्मत तथा स्तरोन्नति र ‘एक स्थानीय तह, एक खेलमैदान’ निर्माणलाई निरन्तरता दिँदै खेल पूर्वाधारका लागि सो बजेट छुट्याइएको हो । प्रदेश सरकारले सङ्घीय सरकारसँगको सहकार्यमा २०७५ सालदेखि नै हरेक पालिकामा स्थानीयस्तरको खेलग्राम निर्माणलाई अघि बढाएको हो ।

यसैगरी बजेटमा खेलकुद पूर्वाधार निर्माणमा जोड दिइ पोखरा रङ्गशाला, विभिन्न कभर्डहल र पोखरामा राष्ट्रिय तथा प्रादेशिक खेलकुद प्रतियोगिता सञ्चालन गर्न सक्ने गरी बजेट विनियोजन गरिएको छ । सरकरारले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको प्रभावकारी सहभागिताका लागि आवश्यक बजेट व्यवस्था गरेको छ । गण्डकी प्रदेशमा गत जेठ अन्तिम साता प्रतियोगिता गर्न मिति तय गरिए पनि स्थानीय तह निर्वाचनका कारण रोकिएको छ । सरकारले यसै वर्ष राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’

कावासोती वडा नं ७ मा सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत ६२ आमालाई पोषण सामग्री वितरण

आइतबार देखी अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न हुप्सेकोट गाउँपालिकाको आग्रह

“मेवाको मिठाससँगै मिठो कमाइः मिनबहादुर बसेकाछन् कृषिमा रमाई”

सेन्ट्रल कलेजले जापान जान चाहने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने घोषणा


TOP