कालीकोट सदरमुकाममा खानेपानी व्यवस्थापनमा सक्रियता – News Nepal Media
Trend

कालीकोट सदरमुकाममा खानेपानीको व्यवस्थापन गर्न वडाध्यक्षले सक्रियता देखाउनुभएको छ । सदरमुकाममा रहेको मान्म बजारमा खानेपानीको समस्या समाधान गर्नका लागि खाडाँचक्र नगरपालिका–१ का वडाध्यक्ष धर्मराज टमट्टाले सक्रियता देखाउनुभएको हो ।

नगरपालिकाको मान्म बजारमा सधैँ खानेपानीको अभाव हुँदै आएको छ । पानीको चरम समस्या पर्दा पनि नगरपालिकाले चासो नदेखाएको भन्दै स्थानीय बनेका आक्रोशित थिए । खानेपानीको अभावमा मान्मका नागरिकले टाढाबाट पानीको जोहो गर्नुपर्ने बाध्यतालाई कम गर्न वडाध्यक्ष टमट्टा एक समिति नै बनाएर आफैँ पानीका लागि दिनरात खटिनुभएको छ ।

“वडाका नागरिकले सबैभन्दा बढी पानीको समस्या झेल्नु परेको छ, पानीको समस्या समाधान नै मेरो प्रमुख एजेन्डा हो”, उहाँले भन्नुभयो, “पानीको व्यवस्थापन गरिसकेपछि मान्मको फोहर व्यवस्थापनमा लाग्छु ।”

खानेपानी समितिले पानीको व्यवस्थापनमा चासो नदेखाएपछि मान्ममा खानेपानीको अभाव हुँदै आएको छ । खानेपानीको अभावले बजार क्षेत्रमा होटल व्यवसाय गरेर बसेका नागरिक प्रत्यक्ष मारमा परेका छन् । पानी वितरणमा एकरुपता नभएपछि खानेपानीको अभाव भएको खाडाचक्रमा बसोबास गर्ने नागरिकले बताउने गरेका छन् ।

खानेपानीमा पनि पहुँचवालाको हालीमुहाली रहेको र सर्वसाधारणका धारमा पानी आउँदैन तर पहुँचवालाहरुको धारमा २४ सैं घण्टा पानी आइरहेको हुन्छ भन्ने गुनासो व्यापक रुपमा आएपछि सिधै जोडिएका सबै पानीका लाइन काटिएको वडाध्यक्ष टमट्टाले बताउनुभयो । “अहिले हामीले विभिन्न सरकारी कार्यालयमा पनि नागरिकले पाउने गरी लाइन विस्तार गरेका छौँ, अन्य लाइन काटिदिएका छौँ”, उहाँले भन्नुभयो, “२५÷२६ धारा सिधै जोडिएका थिए ती सबै काटेका छौँ, अब सबै नागरिकको धारामा पानी आउँछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP