बिहिबार , बैसाख ११, २०८२
नवलपुरमा जिल्ला स्तरीय झमता गीत तथा नृत्य प्रतियोगिता हुने – News Nepal Media
Trend

नवलपुर । नवलपुरको कावासोती १७ मा रहेको इको टुरिजम युथ क्लबको आयोजनामा असोज ५ गते शनिबार कावासोती १७ अमलटारीमा ललपुर (नवलपुर) जिल्ला स्तरीय झमता गीत तथा नृत्य प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता पौराणिक र आधुनिक गीतमा आधारित गरेर २ तहमा हुने आज कावासोती १७ अमलटारीमा इको टुरिजम युथ क्लब कावासोतीले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

दुवै समूहमा प्रथम हुनेले १० हजार, द्वितीय हुनेले ७ हजार र तृतीय हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् भने सहभागी सबै समूहलाई यातायात खर्च वापत प्रति समूह १५ सय रुपैयाँ उपलब्ध गराउने आयोजकले जनाएको छ ।

यहाँ पछिल्लो चार बर्षदेखि लगातार थारु महिलाको महान पर्व जितियाको अवसर पारेर झाम्टा गीत तथा नृत्य प्रतियोगिता हुने गरेको छ ।

क्लबका अध्यक्ष बालकुमारी महतोले प्रतियोगिताको तयारी पुरा भएको बताए । प्रतियोगिताका लागि आजसम्म ६२ वटा समूहले नाम दर्ता गरिसकेको आयोजकले जनाएको छ ।

थारु समुदायको कला संस्कृति जोगाउन र युवा पुस्तामा कला संस्कृति हस्तान्तरणका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष महतोले बताए ।
प्रतियोगिता कावासोती १७ अमलटारी पिक्निक स्पोर्ट मैदानमा हुने कार्यक्रम संयोजक मान महतोले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP