चाँगुनारायणको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी – News Nepal Media
Trend

चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी हुनुभएको छ । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । नगरप्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाँस्तोलाले नौ हजार १६० मत प्राप्त गर्नुभयो ।

यसपटकको निर्वाचनमा ३९० मतले कांग्रेससँग पराजय भोग्नुभएकी बाँस्तोला यसअघि चाँगुनारायण नगरपालिकाको उपप्रमुख हुनुहुन्थ्यो । त्यसैगरी उपप्रमुखमा एमालेकै रमेश बुढाथोकी विजयी हुनुभएको छ । बुढाथोकीले ११ हजार १०७ मत प्राप्त गरी विजयी हुनुभयो भने कांग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेले नौ हजार ६७ मत प्राप्त गर्नुभयो । नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रवीन्द्रप्रताप शाहले आठ हजार ६७ मत प्राप्त गर्नुभयो भने नेमकिपाबाट प्रमुखमा उम्मेदवारी दिनुभएका केशवप्रसाद तिमिल्सनाले तीन हजार २६७ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा राप्रपाका मञ्जु कार्कीले छ हजार ८६ मत र नेमकिपाका कल्पना लामाले तीन हजार ३७४ मत प्राप्त गर्नुभयो । त्यस्तै चाँगुनारायण नगरपालिकाको वडाध्यक्षमा वडा नं १ मा कांग्रेसका सिजन कार्की, २ मा कांग्रेसकै सोम प्रधान, ३ मा एमालेका श्यामसुन्दर धिमाल, ४ मा एमालेका रोजबहादुर तामाङ, ५ मा कांग्रेसका जयन्द्र खड्का, ६ मा राप्रपाका धनबहादुर लामा, ७ मा राप्रपाका श्याम नायजू श्रेष्ठ, ८ मा कांग्रेसका जनक खत्री र ९ मा नेमकिपाका गणेश त्यात विजयी हुनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP