पोखरामा गणना ढिलो भएपछि मतगणनास्थल थप – News Nepal Media
Trend

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्कीका पाँच पालिकामध्ये चार गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकाको परिणाम सार्वजनिक भइसक्दा पनि पोखरा महानगरको गणना जारी छ ।
वैशाख ३१ गतेबाट पोखराको मतगणना सुरु भएकामा महानगरका ३३ वडामध्ये हालसम्म वडा नं १, २, ४, १२ र २३ को मात्र अन्तिम परिणाम घोषणा भएको छ । वैशाख ३० गते सम्पन्न निर्वाचनमा पोखरा महानगरपालिकामा एक लाख ४३ हजार २२६ मत खसेकामा चार दिनमा ३१ हजार मतमात्र गणना गरिएको छ । पोखरामा अझै २९ वडाको परिणाम आउन बाँकी छ ।

मतगणना सुस्तगतिमा भइरहेकाले पोखरा अन्तिम परिणाम आउन अझै लामो समय कुर्नुपर्ने देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुईवटा गणनास्थल थप गरेको छ । मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी निलप्रसाद पनेरुका अनुसार मङ्गलबार रातिदेखि दुई मतगणनास्थल थप गरिएको हो ।

पोखराका गणना अहिले नगर विकास समितिको सभाहल र जिल्ला समन्वयको हलमा छ मतगणनास्थलको १० सर्कलबाट भइरहेकामा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयको भवनमा गणनास्थल थप गरिएको हो । गणनास्थल थपपछि गणना छिटो हुने विश्वास लिइएको छ । पोखरामा अहिलेसम्म ३१ मतगणना सकिँदा सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले १२ हजार ९४५ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का कृष्णबहादुर थापाको ११ हजार १५० मत छ ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका कोपिला रानाभाटले १३ हजार २३३ मतसहित अग्रता बनाउनुभएको छ । एमालेका मञ्जुदेवी गुरुङको १२ हजार ७२८ मत छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP