आज नेपाली सेयर बजारमा नेप्से परिसूचक ६.९० अंकले तल झरेको छ। साताको पहिलो कारोबारका दिन नेप्से सूचक ६.९० अंकले घट्दै १९ सय २६.४० अंकको विन्दुमा झर्न पुगेको हो।
गत हप्ताको अन्तिम कारोबार दिन बिहीबार ५ अंकले घट्दै नेप्से सूचक १९ सय ३३ अंकको विन्दुमा रोकिएको थियो ।
आइतबार सेयर बजारमा एक अर्ब ६ करोड ९८ लाख चार हजार ८२५ रुपैयाँ बराबरको कारोबार हुँदा जम्मा ३१ लाख ६३ हजार ३८९ कित्ता शेयरको खरिदबिक्री भएको छ।
आज होटेल तथा पर्यटक, हाइड्रोपावर, इन्भेस्टमेन्ट, निर्जीवन बीमा र ट्रेडिङ बाहेक बाँकी ८ वटा उपसूचक ऋणात्मक (माइनस) भएका छन् । साथै मानुषी लघुवित्त वित्तीय संस्था, यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्था र शिभम् पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेपाली बजार पूँजीकरण भने २७ खर्ब ८३ अर्ब पुगेको छ ।