बिहिबार , असार २६, २०८२
राजस्व वृद्धि – News Nepal Media
Trend

वीरगन्ज महानगरपालिकाले अघिल्लो आर्थिक वर्षको तुलनामाा गत आवमा ४५ प्रतिशत भन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा महानगरपालिकाले सङ्कलन गरेको राजस्वको तुलनामा आव २०७८÷७९ मा ३० करोड ५६ लाख भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।

अघिल्लो आवमा महानगरपालिकाले रु ६६ करोड ८८ लाख ९४ हजार राजस्व सङ्कलन गरेकामा आर्थिक वर्ष २०७८÷७९मा कार्यालयले रु ९७ करोड ४५ लाख ८३ हजार राजश्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको तुलनामा ४५.७० प्रतिशत बढी हो । महानगरपालिकाले गत आवमा सबै भन्दा बढी घर जग्गा रजिष्ट्रेशन दस्तुरबाट राजस्व सङ्कलन गरेको छ ।

अघिल्लो आवमा रु २० करोड ९९ लाख २३ हजार सङ्कलन भएकोमा गत आवमा २५ करोड २४ लाख ३५ हजार बढी अर्थात ४६ करोड २३ लाख ५९ हजार सङ्कलन भएको छ । त्यसै महानगरपालिकाले सम्पत्ति करमा गत आवमा १२ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । अघिल्लो आवमा कार्यालयले रु १५ करोड २१ लाख ८७ हजार राजस्व सङ्कलन गरेकोमा गत आवमा एक करोड ८६ लाख ५२ हजार बढी अर्थात १७ करोड ८ लाख ३९ हजार राजस्व सङ्कलन गरेको महानगरपालिका राजस्व शाखाका प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरमा एक महिने निःशुल्क ड्राइभिङ तालिम सुरु

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP