शुक्रबार , बैसाख १२, २०८२
राष्ट्र बैंकले ल्यायो २३ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल: आजै दिउँसो बोलकबोल हुने उल्लेख – News Nepal Media
Trend

नेपाल राष्ट्र बैंकले आज २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै छ। सोमबार दिउँसो ३ बजे राष्ट्र बैकले ट्रेजरी बिलका लागि बोलकबोल हुने उल्लेख गर्दै उक्त ट्रेजरी बिल जारि गरिएको जनाएको छ।

राष्ट्र बैंकका अनुसार २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि जारी गर्न लागिएको छ। साथै ५ अर्बको ट्रेजरी बिल २८ दिनको लागि जारी गर्ने र उक्त ट्रेजरी २०८० बैशाख ५ गते परिपक्व हुने छ भने ९१ दिनको लागि पनि ५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरिने जनाइएको छ।

यस्तै ४ अर्ब ३० करोड रुपैयाँका ट्रेजरी बिल १८२ दिनका लागि जारी गर्नेछ जसमा २०८० असार २ मा परिपक्व हुनेछ । साथै ९ अर्ब रुपैयाँ जुन ३६४ दिनको लागि ट्रेजरी बिलको अवधि रहने छ। यो बिल २०८० चैत ६ गते परिपक्व हुने बैकको भनाई छ।

बैंकका अनुसार सोहि बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । यस्तै व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

यसअघि राष्ट्र बैकले १५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP