सामाजिक न्याय र समावेशी विकासका कार्यहरु गति लिन थाले: प्रधानमन्त्रि प्रचण्ड – News Nepal Media
Trend

प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालय क्षेत्र रुपान्तरको लागि १ सय २० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋणमाथि सहमति दिएको बताएका छन्। उनले प्रतिधिसभाको प्रस्तावमाथिको बहसमा सरकारले उक्त ऋण स्वीकार गर्न सैद्धान्तिक सहमति दिइएको बताएका हुन्।

यस्तै उनले महिला सशक्तिकरण, युवा रोजगारी र उद्यमशिलता विकासका लागि विभिन्न कार्यक्रमहरु कार्यन्वयनमा ल्याइएको समेत बताए। उनले भने, ‘सामाजिक न्याय र समावेशी विकासका कार्यहरु गति लिन थालेका छन्। विभिन्न पिछडिएका वर्ग, लोपन्मुख जाति र सिमान्तकृत समुदायको संरक्षण र विकासको लागि लक्षित कार्यक्रमहरु संचालन गरिएको छ। ‘

यस्तैगरि नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट करिब १४ अरब ३१ करोड अनुदान सहायता उपलब्ध हुने उनले जानकारी दिए। साथै विश्व बैङ्कबाट १ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा तथा ३.८७ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न सैद्धान्तिक स्वीकृति दिइएको समेत उनले बताए।

अहिले प्रतिनिधि सभाको बैठक जारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP