बिहिबार , बैसाख ११, २०८२
पेशागत महासङ्घ २८औँ वर्षमा – News Nepal Media
Trend

औपचारिक र अनौपचारिक क्षेत्रमा क्रियाशील पेशाकर्मीहरूको छाता सङ्गठन नेपाल पेशागत महासङ्घ (कोनेप) स्थापनाको २८औँ वर्षमा प्रवेश गरेको छ ।

महासङ्घको केन्द्रीय कार्यालय थापाथलीमा आज आयोजित २८औँ स्थापना दिवस तथा शुभकामना आदान–प्रदान कार्यक्रममा महासङ्घका संयोजक एवं नेकपा (एमाले)का केन्द्रीय सदस्य बाबुराम थापाले पेशागत मर्यादा, स्वाभिमान र सुरक्षाका लागि सङ्घर्षशील हुँदै ट्रेड युनियन अधिकार र बौद्धिक श्रमिकका हितका सवालमा बुलन्द आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । उहाँले महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने तयारी भएको र सङ्गठनलाई थप प्रभावकारी बनाउने योजना ल्याइने बताउनुभयो ।

महासङ्घका सल्लाहकार कुलबहादुर आचार्यले पेशागत हक, हित र सुरक्षाका सवालमा एकताबद्ध भएर लाग्न शुभकामना दिनुभयो । महासङ्घका सचिव डा ऋषिकेश पन्थीका अनुसार महासङ्घमा हाल २९ आबद्ध घटक (राष्ट्रिय सङ्घ), ४३ प्रतिष्ठान कमिटी र छ लाख ३० हजार साधारण सदस्य छन् । महासङ्घमा निजामती कर्मचारी, शिक्षक, वित्तीय कर्मचारी, स्थानीय तह तथा स्वास्थ्य क्षेत्रका कर्मचारी, विश्वविद्यालयका कर्मचारी, इञ्जीनियरिङ पेशाकर्मी, सामुदायिक क्याम्पसका प्राध्यापक, सार्वजनिक संस्थाका कर्मचारीलगायत आबद्ध छन् ।

ट्रेड युनियन अधिकार र हितको प्राप्ति तथा संरक्षण गर्दै पेशागत सङ्घ–सङ्गठनमा आवद्ध शक्तिलाई एकापसमा समायोजन तथा सवलीकरण गरी राष्ट्रको सेवामा समर्पित भई पेशागत दक्षता वृद्धि गर्न विसं २०५२ जेठ ५ गते सो महासङ्घको स्थापना भएको थियो । सुरुमा पेशागत ऐक्यबद्धता मञ्च नेपालको नामबाट स्थापित सो संस्थाको २०५३ जेठ ४ र ५ गतेको राष्ट्रिय भेलाबाट महासङ्घमा परिणत भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

नवलपुर महोत्सवमा जनजाति महासंघमा आवद्ध जातीय घटक उपस्थित नहुने

कावासोती ट्रायल सेन्टरको नाम परिवर्तन, अब ‘नवलपुर ट्रायल सेन्टर’


TOP