शून्य समय : डोट्याली भाषामा गेटा मेडिकल कलेज सञ्चालन गर्न माग – News Nepal Media
Trend

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रि, स्थानीय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मूल्यवृद्धिको मारमा जनता पिल्सिएको भन्दै सरकारको ध्यानाकर्षण

गराउनुभयो ।

सांसद दीपप्रकाश भट्टले त सुदूरपश्चिम प्रदेशमा चलनचल्तीमा रहेको डोट्याली भाषामा गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन माग गर्नुभयो । उहाँले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा परिवर्तन गर्न स्थानीय भाषामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशबाट पटकपटक प्रधानमन्त्री हुनुभएकामा शेरबहादुर देउवाप्रति स्थानीयवासीको ठूलो अपेक्षा रहेको बताउनुभयो ।

सांसदद्वय देवप्रसाद तिमिल्सिना र धर्मशीला चापागाईँले नागरिकताको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै सांसद देवप्रसाद गुरुङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यृवद्धि फिर्ता लिन माग गर्नुभयो । सांसद नवीना लामाले पनि इन्धनमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न अनुरोध गर्नुभयो ।

शून्य समयमा सांसदहरू डिला सङ्ग्रौला, थममाया थापा दलबहादुर राना, दामोदर भण्डारी, नरबहादुर धाँमी, नवराज सिल्वाल, नारदमुनी राना, निरुदेवी पाल, पूर्णाकुमारी सुवेदीले देश र जनताका पक्षमा सरकारले काम गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP