बिरामीको चाप बढ्दा टीकापुर अस्पतालमा शय्या अभाव – News Nepal Media
Trend

कैलालीको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ । दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो ।

यसअघि प्रसूति र हाडजोर्नी सम्बन्धि शल्यक्रिया गरिँदै आएकामा अस्पतालले एक हप्तादेखि आफ्नो सेवा विस्तार गरेको छ । टीकापुर अस्पतालबाट अब हाइड्रोशिल, हर्निया, पत्थरी, पाइल्स, फिस्टुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत र पानी भरिएका बिरामीको शल्यक्रिया सेवा थालेको छ ।

शल्यक्रिया सेवा पाउन थालेपछि बिरामीको चाप बढेको छ । बल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने भएको छ । शय्या अभावपछि बिरामीले पालो पर्खिनु पर्छ । जोशीपुरकी सरस्वती श्रेष्ठ बुवाको हाइड्रोशिलको शल्यक्रियाका लागि पालो कुर्नुपरेको बताउनुहुन्छ । “ शल्यक्रियाका लागि निकै कुर्नुपर्छ, शल्यक्रियापछि शय्या पाउन झन मुश्किल हुने गरेको छ”, उहाँले भन्नुभयो ।

चाप बढेपछि बिरामीको अवस्था हेरेर अस्पतालले घर पठाउने र शय्या उपलब्ध गराउन थालेको छ । अस्पतालसँग भौतिक सुविधा अभाव हुँदा बिरामीका कुरुवाले अस्पताल प्रशासनसँग आक्रोश पोख्ने गरेका छन् । अस्पताल ५१ शय्याको मात्र भए पनि अस्पतालले थप शय्या थपेर सेवा दिइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपड सोडारी बताउनुहुन्छ । “५१ शय्याले धान्न मुस्किल छ । दैनिक ४० देखि ५० बिरामी भर्ना हुन्छन्, नियमित शल्यक्रिया सेवापछि शय्याको अभाव भएको हो”, उहाँले भन्नुभयो ।

टीकापुर अस्पतालमा शल्यक्रिया सेवा पाएपछि यहाँका बिरामीलाई धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छ । अस्पतालमा कैलालीको टीकापुरसहित जानकी, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र बर्दियाको राजापुर नगरपालिकाका बिरामी बढिजसो उपचार गर्न आउने गरेका छन् । स्वास्थ्य बीमामार्फत सेवा लिने समेत बढेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP