बुधबार , बैसाख १०, २०८२
दुम्किबासकाे क्याफेमा आगलागी, १२ लाख बढीकाे क्षति – News Nepal Media
Trend

नवलपुर । पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी १ दुम्किबासकाे गिल्ली क्याफेमा आगलागी भएकाे छ ।

आगलागीबाट क्याफे जलेर नष्ट भएकाे र १२ लाख बढीकाे क्षति भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्ताेष पाठकले जनाए ।थमन बहादुर गुरूङले सञ्चालन गर्दै आएकाे क्याफेमा आगलागि भएकाे हाे । राति पाैने १२ बजेतिरबाट आगलागी भएकाे हाे ।

आगो विनयी त्रिवेणी गाउँपालिकाबाट ५ वटा पावर सिलिण्डर, पानी टंकी टेक्टरले आगो नियन्त्रणमा लिगेको र पछि कावासाेती र बर्दघाट नगरपालिकाकाे दमकल आएर आगो पूर्ण रूपमा नियन्त्रणमा लिएकाे स्थानीय संगम गिरीले बताए। आगलागीबाट मानवीय क्षति भने भएकाे छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने


TOP