मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीको काँधमा छ: राष्ट्रपति पौडेल – News Nepal Media
Trend

राष्ट्रपति रामचन्द्र पौडेलले आफुहरुलाई पछाडि फर्कने छुट नभएको बताउनुभएको छ। उहाँले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस्तो बताएका हुन्।

नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा कुराकानी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा विकासको ठूलो सम्भावना रहेको र यसका लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो । साथै उहाँले नेपाल समृद्ध बनाउनुपर्ने भन्दै निर्माण व्यवसायीलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने दावी गर्नुभयो।

यस्तै उहाँले नेपालका निर्माण व्यवसायीको समस्याबारे आफू जानकार रहेको स्पष्ट समेत पार्नुभयो।
उहाँले भन्नुभयो, ‘आफूले सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न व्यवसायीलाई सुझाव दिन्छु । मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीको काँधमा छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP