मिटरब्याजी र लघुवित्त पीडितका कथा समेटिएको गीत ‘मुटु रेटिन्छ’ बजारमा (भिडियोसहित) – News Nepal Media
Trend

कावासोती । मिटरब्याजी तथा लघुवित्त पीडितको कथा समेटिएको गीत ‘मुटु रेटिन्छ’ बजारमा आएको छ । कावासोतीका कृष्ण गैरेले अहिलेको वर्तमान परिस्थितीअनुसारको गीत ‘मुटु रेटिन्छ’ बजारमा ल्याएका हुन् । उनको आफ्नै युट्युब च्यानल ‘विहानी क्रियसन च्यानल’ मार्फत गीत बजारमा आएको हो ।

१ दर्जनभन्दा बढी नेपाल लोक गीतमा स्वर दिइसकेका गैरेको पछिल्लो गीतमा मिटरब्याजी साहू, लघुवित्त तथा सहकारीको चर्को ब्याजका कारण घरखेत गुमाउन पुगेका र आत्महत्यासम्म गर्न भएकाहरुको कथा समेटिएको छ ।

यस गीतमा मुख्य कलाकारको रुपमा अभिनेता रवि गिरी, निक्स शर्मा, जुना गुरुङले मुख्य भूमिका निर्वाह गरेका छन् । त्यसैगरी कलाकारहरुमा अर्जुन भट्टराई, दिनेश भण्डारी, आशा विश्वकर्मा, विदुर पोखरेल, शरण थामी, आशिष अधिकारी, अनिल भण्डारी, विष्णु थापाले पनि यस गीतमा अभिनय गरेका छन् ।

कृष्ण गैरे र सुनिता बुढा क्षेत्रीको स्वर, हुम गैरेको शब्द रहेको यस गीतको लय नन्दु परियार र संगीत संयोजन विनोद बाजुरालीको रहेको छ । म्युजिक भिडियोका सम्पादन तथा निर्देशन हुम गैरेले गरेका छन् भने छायांकन रोशन तामाङको रहेको छ । गायक गैरेले यस गीतले आफ्नो सांगितिक क्षेत्रमा थप उचाई थपिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP