महोत्तरीमा थप तीन तहको परिणाम सार्वजनिक – News Nepal Media
Trend

महोत्तरीमा थप तीन स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो समय बर्दिबास र औरही नगरपालिका तथा सम्सी गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो ।

बर्दिबासमा राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । प्रमुखमा प्रल्हादकुमार क्षत्री र उपप्रमुखमा तारादेवी महतो निर्वाचित हुनुभएको हो । क्षत्रीले १४ हजार २१० र महतोले नौ हजार ७३६ मत प्राप्त गर्नुभएको छ । उहाँहरुका निकटतम प्रतिस्पर्धी प्रमुख पदका नेकपा (माओवादी केन्द्र) का राजु खड्काले आठ हजार ३२३ तथा उपप्रमुखमा सोही दलका कृष्णमायाँ गौतमले ८१८५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिनुभयोे ।

स्वतन्त्र समूहले नै तीन वडाध्यक्षसमेत जितेको छ ।

यसैगरी औरही नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल प्रमुख र उपप्रमुखमा विजयी भएको छ । प्रमुखमा प्रदीपकुमार खड्काले ६ हजार ८७ र उपप्रमुखमा रेणु झाले पाँच हजार ८०८ मत प्राप्त गर्नुभयो । उहाँहरुका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सुनिलकुमार यादवले पाँच हजार ७४७ र उपप्रमुखमा रेखा यादवले पाँच हजार ६०५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सम्सी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ । अध्यक्षमा रामनाथ यादवले तीन हजार ८९३ र उपाध्यक्षमा अनिताकुमारीले तीन हजार २९५ मत प्राप्त गर्नुभयो । उहाँहरुका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार उत्तिमलाल यादवले दुई हजार ५८२ र उपाध्यक्षमा उर्मिला देवीले दुई हजार ६८२ मत प्राप्त गर्नुभएको छ ।

मत परिणाम घोषणा भएका स्थानीय तहको सङ्ख्या नौ पुगेको छ । यसअघि मटिहानी, रामगोपालपुर र मनराशिश्वा नगरपालिका तथा महोत्तरी, पिपरा र एकडारा गाउँपालिकाको परिणाम सार्वजनिक भइसकेको छ । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका छन् । अझै ६ स्थानीय तहको परिणाम घोषणा हुन बाँकी छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP