खेलकुद विज्ञान विभाग र फाउन्डेशन बीच सहकार्य – News Nepal Media
Trend

सुशील कोइराला मेमोरियल फाउन्डेसन र त्रिभुवन विश्वविद्यालय केन्द्रीय खेलकुद विज्ञान विभागले खेलाडीलाई मानसिक र मनोवैज्ञानिकरूपमा बलियो बनाउन सहकार्य गर्ने भएका छन् ।

कोरोना महामारीपछि खेलाडीमा आएका विभिन्न समस्याका कारण तनाव, शारीरिक एवं मानसिक शिथिलताबाट मुक्तिका लागि विभागसँग सम्झौताको तयारी भएको फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले राससलाई जानकारी दिनुभयो । यो कार्यक्रमका लागि राष्ट्रिय खेलकुद परिषद्सँग पनि सहकार्यको तयारी भएको छ । पहिलो चरणमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालन गरिने भएको छ । यसका लागि क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द नेतृत्वको प्रतिनिधिमण्डलसँग पनि सम्झौता गरिने भएको छ ।

खेलाडीलाई तीन चरणमा कार्यशालामा राखेर कार्यक्रम सञ्चालन गरिने भएको छ । यो कार्यक्रम देशव्यापीरूपमा सञ्चालन गरिने छ । क्रिकेटपछि अन्य खेलका खेलाडीलाई पनि कार्यक्रममा सहभागी गराइने छ । कार्यक्रममा महिला र पुरुष दुवै खेलाडीलाई सहभागी गराइने छ । कार्यक्रममा खेलकुद विभागका प्राध्यापक, मनोविद्, क्रिकेट खेलका प्रशिक्षक एवं खेलकुदविज्ञको पनि सहभागिता गराउने तयारी भएको छ । कार्यक्रमको स्रोत व्यक्तिका रूपमा बागमती प्रदेश क्रिकेट सङ्घका कोषाध्यक्ष अनिल अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

त्रिविवि खेलकुद विज्ञान विभागमा नेपाल एवं अन्य देशकासमेत खेलाडी एवं खेलप्रेमी अध्ययन गरिरहेका छन् । विभागले विभिन्न विषयमा अनुसन्धानात्मक लेख, रचना पनि प्रकाशन गराएको विभागीय प्रमुख गङ्गाबहादुर थापामगरले बताउनुभयो । यस्तो कार्यक्रमको आवश्यकता खेलाडीका साथै अन्य क्षेत्रका व्यक्ति र बालबालिकालाई समेत आवश्यकता रहेको उहाँले सुनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP