बाँके–२ (१) मा यादव विजयी – News Nepal Media
Trend

बाँके–२को प्रदेशसभा (१) मा जनता समाजवादी पार्टी (जसपा)का भण्डारीलाल यादव विजयी हुनुभएको छ ।

यादवले ११ हजार पाँच सय चार मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजयबहादुर यादवले नौ हजार तीन सय ५८ मत प्राप्त गर्नुभएको थियो । यहाँ नेपाली कांग्रेसका उम्मेदवार राजकुमार कुर्मीले आठ हजार सात सय ३१ मत पाउनुभएको छ ।

बाँके क्षेत्र नं २ (१)मा ३५ हजार आठ सय ६८ मत खसेको थियो । त्यसमा ३३ हजार चार सय ८५ मत सदर भएको र दुई हजार तीन सय ८३ मत बदर भएको बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP