बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ – News Nepal Media
Trend

नवलपुर । बँदेल मारेको अभियोगमा नवलपुरको कावासोती बाट ७ जना पक्राउ परेका छ्न ।

नवलपुरको कावासोती११ को कुढौली मध्यवर्ती सामुदायिक वन र कावासोती(१२ को राजरत्न मध्यवर्ती सामुदायिक वनको सिमानामा बँदेलको मासु सहित ७ जनालाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिए ।

पक्राउ परेकाहरुबाट प्लास्टिकको झोलामा पोको पारेको अवस्थामा बंदेलको मासु समेत बरामद भएको उनले बताए । विषेश सूचनाको आधारमा पक्राउ परेकाहरु कावासोती ११ र १२ का रहेका र उनिहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP