रम्भामा एमाले निर्वाचित – News Nepal Media
Trend

पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारीले पाँच हजार ५८३ मतसहित निर्वाचित हुनुभएको छ । उहाँ पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाउनुभएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत सो गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकै राधादेवी श्रेष्ठले पाँच हजार ७१९ मतसहित पुनः दोस्रो पटक निर्वाचित हुनुभएको छ । उहाँको प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा एक हजार ४६ र उपाध्यक्षमा ६७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार वडा नं १ मा कांग्रेसबाट अध्यक्षमा ईश्वर काफ्ले एक हजार ६४३ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका मनबहादुर मश्राङ्गीले एक हजार ४४४ मत पाउनुभएको छ । यहाँ खुला महिला सदस्य र दलित महिला सदस्य एमालेबाट र खुल्ला दुई सदस्य कांग्रेसका विजयी भएका छन् ।

वडा नं २ मा अध्यक्षमा एमालेका चेतबहादुर सुनारी ९३८ मत सहित उहाँको प्यानल नै निर्वाचित भएको भने प्रतिस्पर्धी कांग्रेसका रमेशप्रसाद प्रसाईले ७३६ मत ल्याउनुभएको छ । वडा नं ३ मा अध्यक्षमा नेपाली कांग्रेसका थमनबहादुर गाहाको प्यानल नै विजयी भएको छ । उहाँले एक हजार ४५३ मत ल्याई निर्वाचित हुनुभएको हो भने उहाँका प्रतिपस्र्धी एमालेका रेउतबहादुर रानाले एक हजार ४१५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा नं ४ मा एमालेकै अध्यक्षमा कृष्णबहादुर रायमाझीको प्यानल नै विजयी भएको छ । उहाँले ८३४ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका चेतनारायण श्रेष्ठले ५७७ मत प्राप्त गर्नुभएको छ ।

वडा नं ५ मा एमालेकै प्यानल निर्वाचित भएको छ । यहाँ खुमकान्त बस्याल एक हजार १४० मतसहित विजयी हुनुभएको छ भने प्रतिस्पर्धी कांग्रेसका विष्णुबहादुर थापा कामुले ७२६ मत ल्याउनुभएको छ ।

निर्वाचनमा सो गाउँपालिकामा ११ हजार ४५७ मत खसेको थियो । रम्भामा गत वैशाख ३१ गते साँझ वडा नं ५ को मतगणना गर्ने क्रममा विवाद भएपछि एक हप्ता गणना स्थगित भएको थियो । यही जेठ ६ गते अपराह्नबाट मात्रै मतगणना थालिएको हो । यससँगै जिल्लाका दश पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP