महोत्तरीका सात जनप्रतिनिधि दोस्रो पटक निर्वाचित – News Nepal Media
Trend

गत वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा दोस्रो पटक निर्वाचित हुने प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष सात जनामात्र छन् । जिल्लाको लोहारपट्टी, भङ्गाहा र मटिहानी नगरपालिकाका प्रमुख यसपटक पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । त्यसैगरी औरही, बलवा र लोहारपट्टिका उपप्रमुख र एकडारा गाउँपालिकाका उपाध्यक्ष पनि दोस्रोपटक निर्वाचित हुनुभएको छ ।

लोहारपट्टीका यसअघिका प्रमुख, उपप्रमुख दुवै यसपालि दोस्रोपटक निर्वाचित हुनुभएको हो । प्रमुखमा शैलेन्द्र यादव र उपप्रमुखमा सरिता शर्मालाई यो सफलता प्राप्त भएको छ । उहाँहरु नेपाली कांग्रेसका उम्मेदवार हुनुहुन्छ ।

त्यसैगरी भङ्गाहा र मटिहानीका प्रमुखमा क्रमशः सञ्जीवकुमार साह र हरिप्रसाद मण्डल दोस्रोपटक निर्वाचित हुनुभएको छ । विसं २०७४ को स्थानीयतह निर्वाचनमा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट निर्वाचित दुवैजना यसपालि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट निर्वाचित हुनुभएको हो ।

यस्तै औरही र बलवा नगरपालिकाका उपप्रमुख क्रमशः रेणु झा र रेखाकुमारी यसपालिसमेत दोस्रो पटक निर्वाचित हुनुभएको छ । विसं २०७४ मा तत्कालीन तमलोपाबाट निर्वाचित झा र रेखाकुमारी यसपालि लोसपाबाट निर्वाचित हुनुभएको हो । यता २०७४ मा तत्कालीन तमलोपाबाट एकडारा गाउँपालिकामा उपाध्यक्ष निर्वाचित हुनुभएकी महजवी खातुन भने यसपालि जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित हुनुभएको छ ।

यसअघिका १० प्रमुख÷अध्यक्षले यसपटकको प्रतिस्पर्धामा पराजित हुनुप¥यो । त्यस्तै उपप्रमुख÷उपाध्यक्षमा एक कार्यकाल बिताएर यसपालि पनि प्रतिस्पर्धाको अवसर पाउनुभएका सात जना पनि चुनाव जित्न असफल हुनुभएको छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षसमेत निर्वाचित हुने ३० सङ्ख्यामा २३ जना नयाँ अनुहार आएका छन् ।

निर्वाचितमा दलगत प्रतिनिधित्व हेरिँदा प्रमुख÷अध्यक्ष पदमा पाँच÷पाँच जसपा र लोसपाले पाएका छन् । त्यसैगरी कांग्रेसले दुई, एमाले र तमलोपाले एक÷एक र अर्को एक स्वतन्त्र उम्मेदवार जितेका छन् ।

त्यसैगरी उपप्रमुख÷उपाध्यक्षमा जसपा छ, लोसपा चार, कांग्रेस तीन, एमाले एक र स्वतन्त्र एक निर्वाचित भएका जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाका १३८ वडाका अध्यक्षमा सबैभन्दा बढी कांग्रेसले ३६ मा जित हात पारेको छ । जसपा र लोसपाले क्रमशः ३१ र ३० पाएका छन् । एमालेले १८, माओवादी केन्द्रले १३, तमलोपा र जनमत पार्टी दुई÷दुई एवं नेकपा (एकीकृत समाजवादी) ले एक वडामा जित हात पारेका छन् । स्वतन्त्र निर्वाचित वडाध्यक्षको सङ्ख्या पाँच छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP