
नवलपुर,फागुन १२। नेपाल पत्रकार महासघ नवलपुर जिल्ला शाखाका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक परेको छ ।कावासोती ८ निवासी सिग्देलका बुबा केशबराज सिग्देल ७४ बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
केशबराज सिग्देल बिगत लामोसमयदेखि स्वासप्रस्वास सम्बन्धि रोगबाट ग्रसित थिए । स्वर्गीय सिग्देलका एक श्रीमती, दुई भाइ छोरा, र तीन बहिनी छोरी रहेका छन । स्वर्गीय सिग्देलको १३ गते भोलि मङ्गलबार कावासोती १३ स्थित पिठौली घाटमा दाहसंस्कार गरिने भएको छ ।


२००८ साल मंसीर १६ गते तनहुमा जन्मिएका सिग्देल लामो समय शिक्षणपेसामा रहेर अबकास जीवन बिताउदै आएका थिए । यसैबीच नेपाल पत्रकार महासंघ नवलपुरले शोक विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।