तल्लो मनाङका किसानलाई खेती भित्र्याउने चटारो – News Nepal Media
Trend

हिमाली जिल्ला मनाङका किसानले करु खेती भित्र्याउन थालेका छन् । तल्लो मनाङको नासो गाउँपालिका र चामे गाउँपालिकाका किसानले गहुँ र करुलगायतका बाली भित्र्याउन थालेका हुन् ।

जिल्लाको तल्लो मनाङका भेगमा चैतमा लगाइएको बाली वर्षायामसँगै गहुँ, करु काटेर अहिले भित्र्याउन लागेको नासो गाउँपालिका–८ ताचेका कृषक हुमजङ्ग गुरुङले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “मनाङ हिमाली जिल्ला हो । यहाँ धान उत्पादन हुँदैन । हाम्रो मुख्य बाली भनेकै मकै, फापर, उवा, करु र गहुँ हो । अहिले तल्लो मनाङमा वर्षायाम सँगै गहुँ, करु काटेर भित्र्याउँदै छौँ । यसका साथै आलुखेती गरेकाले पनि अहिले स्याहर्दै छन् ।”

जिल्लामा अन्य समयमा हिउँले सेताम्य हुने यहाँ अहिले करु र गहुँ पाकेर पहेंलपुर अवस्थामा रहेको छ । बिहानदेखि बेलुकीसम्म यहाँका सबै स्थानीयवासी खेतबारीमै व्यस्त हुने गरेका छन् । चामे गाउँपालिकाको थानचोक, तिमाङ र चामे, नासो गाउँपालिकाकाको ताचै, तिल्चे र नाचेका किसानले सो खेती भित्र्याउन थालेका हुन् ।

करु भित्र्याउनका लागि गाउँभरिमा किसान परम्परागत शैलीमा अर्मपर्म गर्दै समूह बनाएर काम गरिहेका छन् । हिमालमा धेरै पानी पर्दैन । तर पछिल्लो समय हिमाली जिल्ला अत्यधिकरुपमा पानी पर्दा बाढी र पहिरो जाने गरेको छ ।

गत वर्षको असार महिनामा मनाङमा अविरल वर्षापछि आएको बाढी, पहिराले भौतिकरुपमा ठूलो क्षति पु¥याएको थियो । वर्षापछि आएको पहिराले अवरुद्ध भएको राष्ट्रिय प्रसारणको लाइन अहिलेसम्म पनि जिल्लामा उचितरुपमा मर्मत नहुँदा किसान मारमा परेका छन् । किसानले आफूहरुसँग भएका कृषि औजार पनि बाली भित्र्याउने बेलामा विद्युत्का कारण प्रयोगमा ल्याउन नसकेको बताएका छन् । यहाँ तल्लो मनाङ अन्न भन्डारका रुपमा चिनिन्छ । तल्लो मनाङमा अहिले खेती थन्क्याउने समय भएको छ भने माथिल्लो मनाङमा खेती लगाउने समय भएको

छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नवलपुरमा ब्युटिसियन तालिमका सहभागीलाई दिईयो उद्यमशिलता विकास तालिम

नवलपुर सेवा समाज युएई द्वारा नवलपुरको दश वटा सामुदायिक विद्यालयहरुमा तिन लाखको अक्षयकोष स्थापना

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नवलपुर कावासोती आउँदै

छिपछिपे सहकारी ठगी : ७ अभियुक्त पुर्पक्षमा जेल चलान

आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ २८ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP